प्रचण्डका कारण ४० हजार म्यादी प्रहरीले पाउने भए स्थायी जागिर

काठमाण्डु, ४ साउन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार भएका छन् ।

म्यादी प्रहरीका संयोजक कपिल थापा नेतृत्वको समूहले अध्यक्ष प्रचण्ड समक्ष माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष प्रचण्डले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘काँग्रेस एमालेलाई पनि यो माग राख्नुस, राजनीतिक सहमतिमा म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न हाम्रो पार्टी तयार छ’, अध्यक्ष प्रचण्डले ज्ञापनपत्र बुझ्दै भने ।

प्रचण्डलाई ज्ञापनपत्र बुझाउन करीव ४५ जना म्यादी प्रहरी पेरिसडाँडा पुगेका थिए । ६ वटा प्रदेशमा भएको स्थानीय तहका लागि मुलुकभर ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । संयोजक थापाका अनुसार काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि ज्ञापन पत्र बुझाइनेछ । अध्यक्ष प्रचण्डले राजनीतिक सहमतिका आधार निर्णय गर्न सकिने भएको थापाले बताए ।

‘देश संघीयतामा जाँदा न्युनतम पनि ४० हजार प्रदेश प्रहरी आवश्यक पर्ने निश्चितै छ । ती प्रदेश प्रहरीका लागि हामी जस्तै युवाहरुकै आवश्यता पर्ने हो । राज्यले हामीलाई तालिम दिएको छ,हामी माथि राज्यको ठूलो लगानी भइसकेको छ र हामीले पनि निष्पक्ष रुपमा स्थानीय तहको निर्वाचन गर्न सहयोग गरेर राज्यलाई केहि न केहि गुन लगाएकै छौ’ज्ञापनपत्रमा भनिएको छ, ‘हिजो हामी छनौट हुँदा कुनै पनि आग्रह पूर्वाग्रका आधारमा नभई स्वस्फुर्त रुपमा छनौट भएका छौ र भोलीका दिनमा समेत विना कुनै पूर्वाग्रह राष्ट्र र जनताको सेवामा समर्पित हुने नै छौ । हामी हाल म्यादीबाट अवकाश भएका म्यादी प्रहरीहरुलाई प्रदेश प्रहरीमा समायोजन गरी राष्ट्रको सेवा गर्ने अवसर प्रदान गरिदिनु हुन यो माग पत्र पेश गरेका छौ ।’

आफ्ना माग र समस्याको समाधान कुनै पनि किसिमले दबाबमुलक कार्यक्रमका माध्यमबाट नभई आपसी छलफल,सम्वाद र सहमतिबाटै हुनेमा म्यादी प्रहरीले आशा व्यक्त गरेका छन् । kathmandutoday

http://ift.tt/2tJcjni
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.