सर्यो सायद २ को रिलिज मिति : अब चैत्र ११ गते प्रदर्शन हुने

आगामी मंसीर ३ गते प्रदर्शन को तयारि मा रहेको फिल्म ‘सायद २’ ले रिलिज मितिलाई पर सार्दै चैत्र ११ गते रिलिज मिति तय गरेको छ । फिल्मकी प्रस्तुतकर्ता दुर्गिश थापाका अनुसार मुख्य चाड दशैं र तिहारको कारण फिल्मको काममा अवरोध हुने भएपछि रिलिज मितिलाई चैत्रमा पुर्याईएको हो ।
‘फिल्मको काम धमाधम भइरहे पनि दशैं र तिहारको कारण काम समयमा नसकिने भएपछि फिल्मलाई चैत्रमा पुर्याउन बाध्य भयौं, ’दुर्गिशले भनिन्,‘फिल्म वितरकले पनि यही सुझाव दिनुभएपछि हामी पछि सरेका हौं ।’ फिल्मलाई उपत्यकामा डीसीएन र मोफसलमा एफडीले वितरण गर्दैछ ।
दुर्गिश फिल्मस् को व्यानरमा निर्माण गरिएको फिल्ममा पुष्पराज न्यौपानेको लेखन र निर्देशन रहेको छ । बलिउडका फिल्महरु ‘डेन्जरस इस्क’, ‘राज ३’, ‘हेट स्टोरी २’ र ‘हेट स्टोरी ३’ मा सहायक निर्देशक भएर काम गरिसकेका पुष्पराजले दुर्गिश ब्यानर को फिल्मबाट नेपालि फिल्म निर्देशन डेब्यु गरेका हुन् ।
सुनिल रावल, इश्वर श्रेष्ठ र सुवास लामिछानेको लगानी रहेको फिल्ममा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, रुबिना श्रेष्ठ, कुशल पाण्डे, सुनिल रावल, सुशिल सिटौला, निशा कार्की र बुद्धिलाल मगरको अभिनय छ । फिल्ममा सुनिलकै कथा, राजुविक्रम थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, गोविन्द राई र विक्रम स्वारको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द, सुगम पोखरेल र कालिप्रसाद बास्कोटाको संगीत छ ।




Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.