अनियमित महिनावारी र बाझोपन निम्त्याउने पीसीओएस के हो ?

पोलिसाईटिक ओभरी सिन्ड्रोम (पीसीओएस) साझा संकेत र लक्षणहरु के के हुन् ?
 
अनियमित मासिक धर्म–अनियमित पिरियड हुनु वा वारम्बार पिरियड हुनु
कहिले धेरै पिरियड हुनु वा अप्रत्यासित पिरियड हुनु
महिला उर्वरता नहुनुको प्रमुख कारण पीसीओएस पनि एक हो ।
पीसीओएस भएका ८० प्रतिशत महिला मोटोपनको शिकार भएका छन् ।
अनुहार, छाती, पेट वा माथिल्लो तिघ्रामा अत्यधिक रांै पलाउनु । हिरसुटिजम समेत भनिने यस समस्याबाट पीसीओएस भएका ७० प्रतिशत बढी महिला प्रभावित छन् ।
प्रौढ अवस्थामा पुगेपछि अनुहार लगायत छालाका अन्य भागमा दागी बस्नु ।
तेलीय छाला हुनु
बाक्लो, कालो छाला बन्नु जसलाई अकान्थोसिस निग्रिकन भनिन्छ ।
 
पीसीओएसले के गर्छ ?
पीसीओएसको वास्तविक कारण थाहा नभए पनि यस समस्यासँग विभिन्न तत्वहरु सम्बन्धित हुन्छन् । यी तत्वहरु अन्तर्गत इन्सुलिनको प्रतिरोध गर्ने, एन्ड्रोजेन्स नाम गरेको हर्मनको मात्रा बढी हुने र मासिक धर्म अनियमित हुने गर्छ ।
 
इन्सुलिन प्रतिरोधी भनेको के हो ?
इन्सुलिन प्रतिरोधी यस्तो अवस्था हो जहाँ शरिरको कोष इन्सुलिनको असरलाई ‘रेस्पोन्स’ गर्दैन । जब शरिरले इन्सुलिनलाई रेस्पोन्स गर्दैन रगतमा ग्लुकुजको मात्रा बढी हुन्छ । शरिरले ग्लुकोजलाई कोषहरुमा पु¥याउन खोज्दा शरिरमा अझै बढी इन्सुलिन उत्पादन हुन्छ । इन्सुलिन प्रतिरोधले मेलिटसले डायबिजिट  गराउछ ।
 
उच्च तहको एन्ड्रोजेनले के गर्छ ?
उच्च भन्दा सामान्य तहको एन्ड्रोजेन उत्पादन हँुदा अन्डासयले हरेक महिना अन्डा उत्पादन गर्नबाट बन्चित हुन्छ ।
 
उच्च एन्ड्रोजनको तहले अनावश्यक रुपमा रौ बृद्धि हुन्छ र शरिरका विभिन्न भागमा धब्बा बस्छ ।
 
अनियमित रजस्वाले कस्तो समस्या गर्छ ?
अनियमित रजस्वलाले बाझोपन निम्त्याउँछ र केही महिलाको अन्डकोषमा असख्य साना सिस्ट उत्पन्न हुन्छन् ।
 
पीएओएस समस्या भएका महिलालाई स्वास्थ्यको कस्तो खतरा हुन्छ ?
पीसीओएसले प्रजनन प्रणालीमात्र नभएर शरिरको सम्पूर्ण भागलाई असर गर्छ । यसले जीवन भर महिलाको स्वास्थ्यमा  असर गर्ने सम्भावना हुन्छ ।
 
इन्सिुलिन प्रतिरोधले टाइप २ डायबिटिज मेलिटस र मुटुजन्य समस्या बढाउँछ । पीसीओएससँग सम्बन्धित अर्को अवस्था मेटाबोलिक सिन्ड्रोम हो । यस सिन्ड्रोमले डायबिटिज र मुटुको रोग बढाउँछ ।
पीसीओएस भएका महिला इन्डोमेट्रिकल हाइपरप्लासियाको समस्या हुन्छ जहाँ गर्भासयको रेखा युटिरसको लाईन निकै मोटो हुन्छ । यसले इन्डोमेट्रिकल क्यान्सरको खतरा बढाउछ ।
 
पीसीओएस भएका महिलालाई पनि उपचार सर्बसुलभ छ ?
पीसीओएसको समस्या समाधान गर्न उपचारका पर्याप्त तरिकाहरु रहेका छन् । लक्षण र अन्य स्वास्थ्य समस्या र गर्भवती बन्न चाहने वा नचाहने विषयमा निर्भर पर्छ ।
 
पीसीओएस भएका महिलालाई उपचार गर्न संयुक्त हर्मोनयुक्त जन्म नियन्त्रणको पिल्स प्रयोग गरिन्छ ?
पीसीओएस भएका गर्भवती हुन नचाहने महिलाले जन्म नियन्त्रण सम्बन्धी पिल्सलाई दीर्घकालिन रुपमा प्रयोग गर्न सक्छिन् । हर्मोनल पिल्समा इस्ट्रोजन र प्रोगेस्टिन हुन्छ । यी पिल्सले मासिक चक्रलाई नियन्त्रण गरी हिरसुटिजम घटाइदिन्छ । यी पिल्सले पाठेघरको क्यान्सरको खतरा पनि न्यून गरिदिन्छ ।
 
पीसीओएस भएका महिलामा तौल घटाउन कस्तो असर पर्छ ?
बढी तौल भएका महिलामा तौल घट्दा मासिक चक्र  नियन्त्रण गर्छ । मासिक चक्रलाई नियमित  बनाउन कम्तिमा १० देखि १५ पाउन्ड तौल घटाउनुपर्छ । तौल घटाउदा कोलेस्ट्रोल र इन्सुलिनको तह घटाउन सहयोगी हुन्छ र यसले अनुहारमा अत्यधिक रौं आउने समस्या निको गर्छ ।
 
पीसीओएस भएका महिलालाई इन्सुलिनलाई संवेदनशिल बनाउने औषधीले कसरी उपचार गर्छ ?
डायबिटिज उपचारमा बारम्बार प्रयोग हुने इन्सुलिनलाई संवेदनशिल बनाउने औषधी पीसीओएसको उपचारमा प्रयोग गरिन्छ । पीसीओएस भएका महिलाले ती औषधीले एन्ड्रोगन तह घटाउन सहयोग गर्ने र अन्डाउत्पादन पक्रियामा सहयोग गर्छ । अन्डोत्सर्ग पक्रिया नियमित हुनुको अर्थ मासिक धर्म नियमति गराउँछ ।
 
पीसीओएस भएका महिलालाई गर्भवतीको सम्भावना बढाउन के गर्नुपर्छ ?
सफल अन्डोत्सर्ग प्रक्रिया गर्भधारणको पहिलो कदम हो । तौल बढी भएका महिलामा तौल कम गर्दा यो लक्ष्य प्राप्ति हुन्छ । महिलाको अन्ड उत्पादन पक्रियामा औषधी पनि प्रयोग हुन्छ । अन्य उपचार पक्रियाले काम गर्दा ओभरीको शल्यक्रिया पनि गरिन्छ । तर यो विधिको दीर्घकालिन असर भने प्रष्ट हुन सकेको छैन । 

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.