भीमफेदी गाइजको क्रेज : ल्याउदै छन् अल्मोडाको नया ओर्जिनल भिडियो

असोज ४, इटहरी 
सात वर्षअघि मकवानपुरको भीमफेदीका निर्मल लामालाई स्थानीय एउटा विद्यालयको कार्यक्रममा नृत्य गर्ने विद्यार्थीहरूले आफ्नो समूहलाई नृत्य सिकाइदिन आग्रह गरे । विद्यार्थीहरूको अनुरोध स्वीकार गर्दै उनीहरूलाई नृत्य सिकाउन थाले । करिब ४० जनाको समूहलाई नृत्य सिकाउने क्रममा नृत्यलाई नै करियर बनाउने उद्देश्य लिएका केही प्रतिभाले प्रशिक्षणलाई नियमित गरे ।
त्यही प्रशिक्षणबाट एउट समूह बन्यो, ‘भीमफेदी गाइज’ जसमा थिए— निर्मल लामा, अञ्जन लामा, पवन लामा, मिथुन लामा, अजय लामा तथा बिसन लामा । समूह तयार भएपछि उनीहरूले सांस्कृतिक कार्यक्रममा नृत्य गर्नुभन्दा लोकप्रिय गीतको कभर भिडियो बनाएर युट्युबमा अपलोड गर्ने योजना बनाए । 
कोरियाको वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका निर्मलले उतैबाट ल्याएको एउटा डिजिटल क्यामेरामार्फत विभिन्न गीतका कभर भिडियो बनाउन थाले, तर गुणस्तरीय भिडियो तयार नभएपछि उनीहरूलाई स्थानीय गाउँलेहरूले नै विश्वास गर्न छाडे । कभर भिडियो बनाउने कार्यलाई निरन्तरता दिँदै उनीहरूले प्राविधिक रूपमा समेत राम्रो भिडियो खिच्ने क्यामेरा किने ।
लगत्तै समूहमा मञ्जित लामा, प्रितम लामा, सविन लामा, आकाश लामा तथा बिराज लामा पनि सहभागी भए । ११ जनाको यो समूहले सुरु–सुरुमा केही अंग्रेजी गीतको कभर भिडियो बनायो, यूट्युबमा ती भिडियोले खासै चर्चा पाएनन् । काम गर्दै जाँदा उनीहरूले ‘ओम माने पेमे’ गीतको रिमिक्स भर्सनको कभर भिडियो तयार पारे, जसमा उनीहरू सबैले मास्क लगाएर नृत्य गरेका थिए । 
 अघिल्लो वर्षको सफल चलचित्र ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै...’ गीतको कभर भिडियो सार्वजनिक भएर भन्डै १० लाखभन्दा बढी पटक हेरिएपछि भने उनीहरूले पछाडि फर्किएर हेर्नुपरेन । देश–विदेशबाट उनीहरूको समूहले प्रशंसा पाउन थाल्यो । पारिश्रमिक नै लिएर कभर भिडियो बनाउने प्रस्ताव आउन थालेपछि यो समूहले चलचित्र ‘अधकट्टी’ को ‘फिगर कोकाकोला’, प्रमोद खरेलको ‘ओए झुमा भुम्कावाली’ सहित दर्जनौं लोकप्रिय गीतको कभर भिडियो बनायो ।
 गायक बाबु बोगटीको ‘बाटो फराकिलो’ को आधिकारिक भिडियोको निर्देशन गर्ने अवसर प्राप्त गरेपछि यो समूह मूलधारको म्युजिक भिडियोमा समेत सक्रिय भयो । भीमफेदीमै पुगेर गायक दिल तामाङले ‘आजकालको ठिटो’ गीतको भिडियो छायांकन गराएपछि गायक प्रमोद खरेलले आफ्नो पछिल्लो गीत ‘चल बतास चल’ को आधिकारिक भिडियो बनाउने जिम्मा पनि भीमफेदी गाइजलाई नै दिए । निर्देशक दीपक आचार्यसँग सहकार्य गर्दै भीमफेदी गाइजले अहिले कभर भिडियो तथा आधिकारिक भिडियो निर्माण गर्ने क्रमलाई तीव्रता दिइरहेको छ ।
एउटा छोटो चलचित्रसहित भीमफेदी गाइजले तयार पारेका झन्डै डेढ सय भिडियो यतिबेला युट्युबमा उपलब्ध छन् । गायक अल्मोडा राना उप्रेतीको नयाँ गीतको आधिकारिक भिडियो निर्माण गर्ने क्रममा रहेको भीमफेदी गाइजले चलचित्र ‘गाँठो’ को कभर भिडियो प्रतिस्पर्धामा समेत सहभागिता जनाएको छ । ‘नीर...’ गीतको कभर भर्सन तयार पारिसकेको यो समूह अहिले उक्त गीतलाई दर्शकमाझ ल्याउने तयारीमा जुटेको छ ।
                                                                                                      साप्ताहिक बाट साभार 



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.