पोखरेलीकी छोरीलाई छाडेर लास्टै राम्री संग फिदा भए रमेशराज (भिडियो सहित)

भदौ २९, इटहरी 
नेपाली सांगितिक बजारमा आफ्नो पृथक पहिचान बनाएर नेपाली युवा युवतीहरुको मन मुटुमा बसेका र पछिल्लो समय नेपाली सांगितीक बजारमा निकै व्यस्त गायक तथा संगीतकार हुन् रमेशराज भट्टराई । 
तनहुको बन्दिपुरमा जन्मिएका भट्टराई हसिलो मुहार अनि बच्चै देखी मिजासीला ब्यक्ति हुन । करिब १४ बर्ष देखि निरन्तर नेपाली संगितमा लागेको उनि संगितबाट आफु एकदम सन्टुष्ट रहेको बताउछन । ५४–५५ सालमा कलेजमा गित गाउदा आफ्ना साथिभाईको हौसालाले गर्दा संगितमै लाग्न प्रेरणा मिल्यो । औपचारीक रुपमा २०५९ सालमा सांगीतिक क्षेत्रमा लागेका भट्टराई ले आफ्नै शब्द संगित र स्वरमा "मैले तिमीलाई चाहेर पनि" बोलको गित पहिलो पल्ट बजारमा ल्याएका थिए । 
डिग्री पढ्ने सपना बोकी नवलपरासी र पोखरा गएका भट्टराई पढाइ भन्दा पनि संगित मै रमाउथे उनि । सुरुवाती चरणमा आफ्नो एकल एल्बम ले खासै गायक को रुपमा परिचय बनाउन नसके पछि लोक दोहोरी रेष्टुरामा गित गाउन थालेका थिए l बाग बजारको सगरमाथा दोहोरी साझमा गित गाएर संघर्ष का पाईला चल्दै अघि बढिरहेका रमेश पोखरामा उत्कृष्ट दोहोरी रेष्टुरामा गित गाउने गायक मध्ये अग्र पक्तिमा पर्ने गर्थ्यो । त्यस पछि आफ्नो सपना साकार गर्नेको महसुस गर्दै बिस्तारै संगित क्षेत्रमा चिनिन थाले । गायक भट्टराई निरन्तर गित गाउने रचना गर्ने र संगित भर्ने काममा ब्यस्त हुन थाले । 
२०६७ सालमा उनकै एकल शब्द संगितमा आएको एल्बम "अपेक्षा" ले धेरै चर्चा बटुल्यो भने उनले हाल सम्म १ सय ५० भन्दा बढि लोक दोहोरी र आधुनिक गितमा रचना र संगित गरेका छन । २ दर्जन भन्दा बढि लोक दोहोरी गित गायन, ३ दर्जंन भन्दा बढि आधुनिक गायकको गितमा रचना तथा संगित गरेका छन । संगित तर्फ प्रमोद खरेल, अन्जु पन्त, स्वरुप राज अचार्य, शिब परियार, मनोज राज, एन्जीला रेग्मी लगायत गायक गायिकाले उनका शब्द तथा संगित मा गाइसकेका छन । उस्ले जति माया तिम्लाई, मैले तिमीलाई चाहेर,  संगै जिउने बाचा गरी,  तिम्रो झुटो पिरती, मेरो सास हौ तिमी,  तिम्लाई सम्झि रुने बोलका गित हिट रहेका छन । त्यस्तै आफै गाएका लोक दोहोरी गितमा कुनै पल छैन, क्रिकेट खेल्न जान्छु, फेशबुक खोलेर हो, पोखरेलीकी छोरी लगाएत गितहरु खुबै चलेका छन् । त्यस्तै आफ्नै शब्द संगित र स्वरमा २०७० सालमा उनले निकालेका आधुनिक गित "बबाल भो" निकै हिट गीत भित्र पर्छ । त्यस पछि स्टेज कार्यक्रम हरु मा पनि उनको निकै माग हुन थाल्यो । टेन्सन भो यार, जब साझ पर्छ,  उनको सामु भन्न मात्र, लगायत नेपाली पप गित रचना तथा संगितमा पनि उनि उत्तिकै अगाडी छन । विभिन्न ठाउामा आयोजना गरिने सांगितीक कार्यक्रममा भट्टराईको प्रस्तुतिलाई दर्शकले निकै नै रुचाएको पाइन्छ । उनको आफनै सब्द संगीत र आवाज मा रहेको आधुनिक गीत ‘बबाल भो’ बजारमा आएपछि उनले पछाडी फर्केर हेर्नु परेको छैन ।  
देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा उनको सहभागीता बढ्दै गएपछि उनी यतिबेला कसैलाई राम्री देखेरै फिदा भएको सार्वजनिक भएको छ । ‘ तिमी लास्टै राम्री छौ र त म फिदा भाको छु’ भनेपछि यतिबेला भट्टराईको चर्चा अत्याधिक भएको छ । वास्तविक जीवनमा भट्टराई कसैलाई देखेर फिदा भएको नभई उनको ‘फिदा’ एल्बममा रहेको शिर्ष गीत "तिमि लास्टै राम्री छौ र त म फिदा भाको छु”  हालै सार्वजनिक भएको छ । भट्टराईको आफ्नै आवाज, संगीत र शब्द रचनामा सार्वजनिक भएको उक्त गीतको म्यूजिक भिडियो निकै नै मेहेनत गरेर बनाएको देखिन्छ । आधुनीक र दोहोरीमा सफल भएका भट्टराईको ‘फिदा’मा रहेको उक्त गीत पप भर्सनमा तयार भएको छ । म्यूजिक भिडियोमा विकास फिरोज र सरु लामाको अभिनय रहेको छ भने एरेन्ज साहस शाक्यले गरेका छन् । त्यस्तै पवन सिंखडाले सम्पादन गरेको म्यूजिक भिडियोलाई दिपेन तिमिल्सीनाले निर्देशन गरेका हुन् ।
भिडियो :




via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.