२१ रुपैयाँमा इन्टरनेट

वल्र्डलिंक कम्युनिकेसन्सले २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले २१ औं बाषिर्कोत्सवका अवसरमा यस्तो योजना ल्याएको हो ।
कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमविपिएस गतिमा इन्टरनेट उपलब्ध गराउनेछ ।
यही शुल्कमा ग्राहकले जडान गर्ने स्थानसम्म चाहिने फाइबर केबल, वाइफाइराउटर र इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेटअप बक्स निःशुल्क पाउनेेछन् ।
त्यस्तै १ बर्षको इन्टरनेट शुल्कतिर्ने ग्राहकले ३ महिनासम्म आइपी टिभी निशुल्क हेर्न पाउने छन् ।
वाइफाइ राउटर लिन चाहने ग्राहकले ३ हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ । इन्टरनेट सेवा छोड्दा उक्त धरौटी कम्पनीले फिर्ता गर्नेछ ।
आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको नयाँ प्रविधिहो । यस प्रविधिबाट ग्राहकले इन्टरनेट फाइबरकै माध्यमबाट टिभी हेर्न पाउने छन् । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सकिने जालानले जानकारी दिए ।
‘आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ, उनले भने, यसमा टिभी हेर्दा एचडी गुणस्तरको पिक्चर हुने भएकाले धेरै गुणा स्पष्ट र सफा टिभी हेरेकोअनुभूति गर्न सकिन्छ,’ उनले भने ।
बाषिर्कोत्सबका अबसरमा कम्पनीले जाउलाखेलमा आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय जनाले रक्तदान गरेका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.