लुकाएको फ्रेण्ड लिस्ट कसरी हेर्ने ?

सोसल मिडियामा फेसबुक एउटा यस्तो प्लेटर्फम बनेको छ जहाँ हरेक जो कोही एक अर्कोसँग जोडिएको हुन्छ ।
कतिपय फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा रहेका फेसबुक फ्रेण्डको सूचिलाई लुकाउने वा हाइड गर्ने गर्दछन् । ता की उसका को को र कति साथी छन् भन्ने कुरा अरुले नदेखुन् ।
यसरी हाइड गरेपछि म्युचुअल फ्रेण्ड बाहेक अन्यको सूचि अरुले देख्न पाउँदैनथे । तर फेसबुकमा अरुले नदेखून् भनेर यसरी लुकाइएका साथीका सूचि गोप्य राख्न भने नसकिने भएको छ ।
किनकी यसरी तपाइँले हाइड गरेको फ्रेण्डलिष्ट तपाइँको फेसबुके साथीले सजिलैसँग हेर्न सक्दछ, यदि जुक्ति लगाउनेहो भने ।
तपाइँको कुनै फेसबुके साथीले यदि फ्रेण्ड लिष्ट हाइड गरेको छ र उसका फेसबुकमा को को साथी छन् भनी सबैको सूचि हेर्न चाहनुहुन्छ भने यसो गर्नुस्ः
. सबैभन्दा पहिले गुगल क्रोम ब्राउजरमा फेसबुक फ्रेण्ड म्यापर एक्सटेन्सन इन्स्टल गर्नुहोस् ।
· सोही ब्राउजरमा फेसबुक अकाउन्ट लगइन गर्नुहोस् । तपाइँले जुन साथीको फ्रेण्ड लिष्ट हेर्न चाहनुहुन्छ उसैको फेसबुक आइडी सर्च गरी वालमा जानुहोस् ।
· फेसबुक वालमा रहेको फ्रेण्डस नामक अप्सनमा क्लिक गनुहोस् ।
· त्यसपछि त्यहाँ एउटा reveal friends नामक अप्सन आउनेछ । तपाइँको क्रोम ब्राउजरमा फेसबुक फ्रेण्ड म्यापर एक्सटेन्सन भएमात्र यो अप्सन देखा पर्नेछ ।
· उक्त अप्सनमा क्लिक गरेसँगै लुकाइएका फेसबुके साथीको सूचि स्क्यान सुरु हुन्छ ।
·  स्क्यानिंग पूरा भएसँगै तपाइँले आफ्नो फेसबुके साथीले हाइड गरेको फ्रेण्ड लिष्ट देख्न सक्नुहुन्छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.