आफ्नै आमाबाट राजेश पायल राईको ‘दर्शन नमस्ते–३’ सार्वजनिक : १५ लाखमा विन्धवासिनीले सर्बाधिकार किन्यो

असोज ११, इटहरी,  
नेपाली सुगम गायन तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईको अत्याधिक पर्खाइमा रहेको एल्बम ‘दर्शन नमस्ते’को तेश्रो श्रृङ्खला ‘दर्शन नमस्ते–३’ सार्वजनिक भएको छ । 
राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डमा सोमबार आयोजित कार्यक्रममा ‘दर्शन नमस्ते–३’ एल्बम राजेशपायलका बाबु रत्न र आमा साँचीलक्षमी राईले संयुक्त रुपमा लोकार्पण गरे । एल्बम लोकार्पणपछि रत्नले भने, ‘यो मेरो काँइलो छोरा हुन्, तपाइँहरुको चाहिँ गायक राजेशपायल राई ।’ उनले चर्चित गायकको बाबु हुन पाउँदा खुसी लागेको बताउँदै भने, ‘छोरोको एल्बम विमोचन गर्न पाउँदा कसलाई खुसी लाग्दैन र ।’ 
फरक–फरक स्वादका गीत समावेश गरिएको एल्बमलाई विन्धवासिनी म्यूजिकले बजारमा ल्याएको हो ।
कार्यक्रममा विन्धवासिनीले गायक राजेशपायललाई १५ लाखको चेक हस्तान्तरण गरेको थियो । १५ लाखमा एल्बमको अधिकार किनिएको हो । नेपाली सांगीतिक क्षेत्रको व्यापारिक बजारमा खस्किरहेको समयमा राइलाई विन्धवासिनीले मोटो रकम दिएर नयाँ प्रथाको सुरु वात गरेको छ । 
 कार्यक्रममा गायक राइले ३ वटा गीत गाएर पनि सुनाएका थिए । ‘दर्शन नमस्ते, कुल्ची हिँड, आयौ समिपै’ बोलको गीत गायक राइले प्रत्यक्ष गाएर सुनाएका थिए । गायक राइले ‘दर्शन नमस्ते ३’ एल्बम बजारमा ल्याउनु आफैमा चुनौती भएको भन्दै सबैलाई मनपर्ने शैलीमा गीत तयार पारेको बताए । 
उनले डिसेम्बरबाट गीतका भिडियो निर्माण सुरु गर्ने पनि जानकारी दिए । यो एल्बममा ९ वटा गीत समावेश गरिएको छ । ‘दर्शन नमस्ते, कुल्ची हिँड, लभ यू, छेनौ त, आयौ समिपै, कोही बिना, लाटो रिस, कान्छाले, बाबै आराखा’ बोलका गीत एल्बममा समावेश गरिएको छ । 
महेश खड्का, हरि लम्साल, सन्तोष राज, विनोद खम्बु, राई नविन, इन्दिरा जोशीको यो एल्बममा संगीत छ । यस्तै, महेश खड्का, रत्नशमशेर थापा, डाक्टर नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई, केदार सुनुवारको यो एल्बमका गीतमा शब्द समावेश गरिएको छ । 




Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.