भदौ १६, इटहरी
बहु प्रतिक्षित नेपाली फिल्म ‘सायद-२’ को अफिसियल टिजर सार्वजनिक भएको छ । केहि समय अगाडी पोस्टर सार्बजनिक भएको फिल्म सायद २ को टिजर भने भर्खरै सार्वजनिक गरिएको हो ।
यो २०६९ सालमा निर्माता सुनिल रावल को निर्माण मा दुर्गिस फिल्मस् को ब्यानर मा बनेको चर्चित फिल्म ‘सायद’को सिक्वेल हो ।दुर्गिस् फिल्मको ब्यानरमा सुनिल रावलले निर्माण गरेको फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् भने रावलले यसअघि होस्टल, होस्टल रिटर्न्स, सायद जस्ता सुपर हिट चलचित्र निर्माण गरिसकेका छन् l निर्माण युनिटमा रावलका अलावा ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह-निर्माताको रुपमा रहेका छन् ।
फिल्म को मुख्य भूमिकामा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय रहेको छ । युटुब मार्फत सार्वजनिक गरिएको टिजरमा रिलिज मिति भने उल्लेख गरिएको छैन ।
हेर्नुस भिडियो :
via IFTTT

Post a Comment
Thanks.