NTC ले ल्यायोे पेष्टपेड मोबाइलमा डाटा प्याक

। नेपाल टेलिकमले जीएसएम पोष्टपेड मोबाइलमा डाटा प्याकेज मार्फत इन्टरनेट सुविधा उपलब्ध गराएको छ । डाटा प्याकेज यही बुधबारदेखि लागू हुनेछ ।
टेलिकमले दुई सय एमबी डाटा १३० रुपैयाँमा उपलब्ध गराउने भएको छ । यस्तै ५ सय एमबीका लागि ३ सय र १ जीबीका लागि ५ सय रुपैयाँ तोकिएको छ । यो प्याकेज एक महिनाभित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ ।
तीन जीबी डाटा १२ सय ९० रुपैयाँमा उपलब्ध हुनेछ, जुन प्याकको अवधि २ महिना रहेको छ । त्यस्तै, ५ जीबी डाटा १८ सयमा उपलब्ध हुनेछ । यो प्याक ३ महिनासम्म प्रयोग गर्न सकिने छ ।
यस्तो छ प्याकेज

उल्लेखित महसुल दरमा कर समावेश गरिएको छैन । यसमा थप १३ प्रतिशत भ्याट लाग्ने टेलिकमले जनाएको छ ।
डाटा सुविधा लिनका लागि मोबाइलबाट डाटा टाइप गरी स्पेस दिएर आफुले चाहेको भोल्यूम टाइप गरी १४०० मा एसएमएस गर्नुपर्ने हुन्छ । उदाहरणको लागी 200MB Data लिनु परेमा DATA 200MB Type गरी १४०० मा SMS पठाउनु पर्छ ।
प्रयोग गर्न बाँकी रहेको डाटा भोल्यूम थाहा पाउन सिबी टाइप गरी १४०० मा एसएमएस पठाउन सकिन्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.