रेड्बुल राष्ट्रिय लिगमा आज मनाङ र झापा भिड्दै

आसोज २०।  रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा बुधबार(आज) दुई दावेदार टोली मनाङ मस्र्याङ्दी क्लब र झापा–एघार भिड्दैछन् ।
उपाधि होडमा रहेका यी दुई टोलीबीचको भिडन्तलाई यस पटकको उपाधि समीकरणमा निकै महत्वपूर्ण खेलको रुपमा हेरीएको छ । लिगको अंक तालिकामा तेस्रो स्थानमा रहेको झापाले १३ खेलबाट २४ अंकजोडेको छ ।
झापाको भन्दा एक खेल कम खेलेको मनाङको २२ अंक छ । शीर्ष स्थानको थ्रीस्टारको १३ खेलबाट २६ अंक छ भने दोस्रो स्थानको आर्मी क्लवको २४ अंक छ ।
लिग अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लबले मोरङ फुटबल कलबसँग १–१ गोलको बराबरी खेलेको छ ।
खेलको ७६ औ मिनेटमा गोल गर्दै योगेश श्रेष्ठले पुलिस क्लबलाई अग्रता दिलाए पनि खेल सकिन केही सेकेण्ड बाँकी छँदा मोरङका निरज बस्नेतले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै १४ खेलबाट १३ अंक जोडेको पुलिस अंक तालिकाको सातौं स्थानमा कायमै छ । १५ खेलबाट ७ अंक जोडेको मोरङ भने पुछारमा छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.