ह्याकरले बनाए हत्यारा पेनड्राइभ, खरानी बनाइदिन्छ टिभी र कम्प्युटर

यसको नामै हो ग्याजेट किलर । किनकी यसले तपाइँको कम्प्युटर देखि लिएर टेलिभिजन सबैलाई खरानी बनाइदिन सक्छ । एकजना रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै फ्राइ गरिदिन सक्छ ।
युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह गरिदिन्छ । जसका कारण ल्यापटप देखि लिएर टेलिभिजन सम्म, जसमा यो पेनड्राइभ घुसार्न मिल्न सबै विस्फोट भैहाल्छन् ।
रुसीसेक्योरिटी अनुसन्धानकर्ता समेत रहेका र डार्क पर्पलको नामले चिनिने ती ह्याकरले आफुले निर्माण गरेको पेनड्राइभको शक्ति प्रमाणित गर्नका लागि एक भिडियो बनाएर सार्वजनिक गरेका छन् । जसमा उक्त पेनड्राइभ घुसार्दा एउटा ल्यापटप विस्फोट भएको देख्न सकिन्छ ।
उनले यो पेनड्राइभका कारण युएसबी पोर्ट भएका हरेक डिभाइस खतरामा परेको चेतावनी दिएका छन् । लगभग सबैजसो स्मार्टफोनले युएसबी मोड सपोर्ट गर्नुका साथै टेलिभिजन, कम्प्युटर, राउटर तथा मोडेमहरु सबैलाई उक्त पेनड्राइभले निस्तेज बनाइदिन सक्ने उनको भनाइ छ ।
यस्तो भयानक पेनड्राइभ निर्माण भएको खबर सार्वजनिक भएसँगै प्रविधि सुरक्षा विज्ञहरुले आफ्नो डिभाइसमा जस्तो पायो त्यस्तो पेनड्राइभ नघुसार्न सल्लाह दिएका छन् ।
यसअघि ११० भोल्ट करेन्ट प्रवाह गर्ने हत्यारा पेनड्राइभ बनाएका ती ह्याकरले पछिल्लो पेनड्राइभ बेच्ने तथा प्रयोग गर्ने आफ्नो कुनै योजना नभएको जनाउँदै भनेका छन् : यो एटम बम जस्तै हो, राख्दा मज्जा हुने तर प्रयोग गर्न नसकिने ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.