कोठीको रहस्य !!!

 हाम्रो शरीरको बिभिन्न भागमा रहेको कोठीको बारेमा छुट्टाछुट्टै धारणा रहेको छ भने अन्धबिश्वास पनि रहँदै आएको छ । यदि गर्भवती महिलाले बच्चाको जन्मपूर्व केही डरलाग्दो घटना वा केही उत्तेजक घटनाको सामना गर्नुपर्यो भने बच्चाको शरीरमा एउटा कोठी आउने गर्छ भन्ने अन्धविश्वास रहि आएको छ ।
त्यही भएर कोठी कस्तो प्रकारको हुन्छ भन्ने कुराको निर्धारण पनि आमा डराउने वा उत्तेजित हुने कुराले नै निर्धारण गर्ने बिश्वास गरिन्छ । जे जस्तो अन्धबिश्वास भए पनि अझै बिज्ञानले पनि कोठी कसरी पैदा हुन्छ र यसको रोकथाम कसरी गर्ने भन्ने कुराको समाधान पत्ता लगाउन सकेको छैन ।
 जन्मदैं वा जन्मेको केही समयपछि बच्चाको छालामा कोठी पैदा हुन्छ । त्यसैले कोठीलाई कहिलेकाहीं जन्मदाग पनि भनिन्छ । सुन्दा अचम्म लाग्न सक्छ तर यस पृथ्वीमा भएका हरेक मानिसको जीउमा कम्तीमा पनि एउटा कोठी हुने गरेको छ ।
औसतमा भन्ने हो भने त एउटा मान्छेको जीउमा करिव १४ वटा कोठीहरु हुन्छन् । कोठी मानिसको शरीरको कुनै पनि भागमा आउन सक्छ । कहिलेकाहीँ त मानिसको तालुमा पनि कोठी आउने गर्छ । वास्तवमा कोठी भनेको नचाहिंदो रुपमा बढेको मांशपेशी वा कोषका केही भागहरु मात्र हुन् । जहाँ कोठी बन्छ, त्यहाँको केही कोष वा मांशपेशी बढ्छ र कालो भाग देखापर्छ । त्यसलाई कोठी भनिन्छ । जुनसुकै प्रकारको कोषको पनि कोठी बन्न सक्छ । त्यसमा रगतका नशाहरु पिगमेन्ट भएका कोषहरु कपालको जडमा रहेको कोषहरु आदि पर्ने गर्दछन् ।
बिभिन्न प्रकारको कोष तथा माशंपेशीमा कोठी बन्ने हुँदा हरेक कोठी एक आपसमा फरक हुन सक्छन् । कसैकसैले शरीरमा कोठी आयो भने राम्रो मान्दैनन् । किनभने कहिलकाहीं कोठी पछि गएर क्यान्सरमा पनि परिणत हुन सक्ने सम्भावना हुन्छ । तर यो एकदमै कम मानिसमा मात्रै देखा पर्छ । कोठीले छालालाई नराम्रो देखाइदिने हुँदा पनि धेरैले कोठी मन पराउँदैनन् । यदि कोठीको आकारमा बृद्धि भयो भने वा त्यसको रंगमा परिवर्तन भयो भने पनि त्यसलाई हटाएर फाल्नु उपयुक्त हुन्छ ।
कहिलेकाहीँ कोठीको छाला निक्लने गर्छ त्यसबाट रगत पनि बग्ने गर्छ । यसो भयो भने पनि क्यान्सर वा अरु कुनै रोग लाग्न सक्छ । यस्तो भयो भने कोठीलाई हटाउनु पर्ने चिकित्सकहरुको भनाई छ । कोठी निकाल्दा जहिले पनि चिकित्सको सल्लाह अनुसार निकाल्नु जरुरी हुन्छ । (एजेन्सीको सहयोगमा)
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.