व्याकुल माइला गोल्डकप सोमबार देखि

कार्तिक ८।  राष्ट्रियगान सर्जक व्याकुल माइलाको जन्मथलोमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको गोल्डकपको पाँचौं संस्करण सोमबार सुरु हुँदै छ । व्याकुल माइला गोल्डकप नाम दिइएको यस फुटबल प्रतियोगिता ओखलढुंगाको थाक्ले-८, सोक्मटारस्थित दूधकोसी किनारमा ९ दिन सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् ।
‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस फुटबल प्रतियोगिता ‘बहुआयामिक विकास अभियान’का रूपमा रहेको आयोजक बताउँछन् । आयोजक संस्था दुधकौशिका प्राविका प्रधानाध्यापक आश्राचन राईले यो गोल्डकपको मुख्य उद्देश्य खेलकुदलगायत विकास निर्माण र विविध पक्षबाट पिछडिएको यस ठाउँका प्रतिभालाई मौका प्रदान गर्नु, यस क्षेत्रको समग्र विकास कार्य सम्बन्धमा आवाज उठाउनु, राष्ट्रियगान रचनाकार जन्मिएको हिलेपानी सोक्मटार गाउँलाई चिनाउनु रहेको बताए ।
आयोजक संस्था हिलेपानी फुटबल क्लबका महासचिव पूर्णसिंह राईका अनुसार यसपटक ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली र ललितपुर जिल्लाका गरी १८ टिमको सहभागिता रहनेछ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.