आज बाट दशैँ समाप्त हुदै , आज कोजाग्रत पुर्णिमा

कार्तिक ९।  नेपालीहरुको महान चाड बडादशैंको अन्तिम दिन अर्थात आज कोजाग्रत पुर्णिमा । धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी दशैं सम्पन्न गरिदै छ ।
गत आश्विन महिनाको २६ गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पुर्णिमाको साँझ महालक्ष्मीको पूजा आराधना गरी विसर्जन गरिने धार्मिकपरम्परा रहिआएको छ ।
सम्पन्नताकी देवी महालक्ष्मीले आजका रात पृथ्वीको भ्रमण गरी को जागा बसेको छ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पुजा आराधना गरिरहेको छ, उसैलाई आशिर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण आज राति गृहिणीहरु जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दछन् ।
दशैंको टिका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटनस्थापनाका दिन दशैंघर र कोतहरुमा राखिएको जमरा आज विर्सजन गरिदै छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भु चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ । कोगाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पुर्णिमा अर्थात एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पुजाअर्चना गर्ने धार्मिक प्रचलन अनुसार आजैदेखि आकासदीप बाल्ने र कार्तिक स्नान गर्ने गरिन्छ । 
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.