राष्ट्रपतिका लागि आज निर्वाचन

कार्तिक ११ । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनका लागि रुपान्तरित व्यवस्थापिका–संसदमा आज मतदान हुँदैछ ।
राष्ट्रपतिको निर्वाचनका लागि बिहान ११ बजेदेखि १ बजेसम्म संसद् भवन बानेश्वरमा गोप्य मतदान हुनेछ । आजै साँझ ५ बजे बस्ने संसद् बैठकमा निर्वाचन परिणाम घोषणा गरिने छ ।
justify;">नेपालको दोस्रो राष्ट्रपतिका लागि सत्ता गठबन्धन र प्रमुख विपक्षी दलबाट अलग–अलग उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीसहित सत्ता गठबन्धनका अन्य नेता रहेका छन् ।
त्यसैगरी प्रमुख विपक्षी दल नेपाली कांग्रेसका तर्फबाट पूर्वमहामन्त्री कुलबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । गुरुङको प्रस्तावकमा नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला रहेका छन् ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका नारायण महर्जनले राष्ट्रपति पदका लागि दिएको उम्मेदवारी भने फिर्ता लिएका छन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.