एउटै क्यामराभित्र १६ वटा क्यामरा

असोज २४।  अमेरिकी कम्पी लाइटले एउटा निकै अनौठो तथा अत्याधुनिक क्यामरा सार्वजनिक गरेको छ । एल सिक्सटिन नामको उक्त क्यामराको सबैभन्दा उल्लेखनीय विशेषता भनेको यो क्यामरामा अलग अलग फोकल लेन्थ भएका १६ वटा क्यामरा जडान गरिएका छन् । सिलिकन भ्यालीको स्टार्टअप लाइटको दाबीलाई पत्याउने हो भने एल १६ ले डिएसएलआरलाई टक्कर दिनेछ ।



बनावटको कुरा गर्ने हो भने यो क्यामराको पछाडिपटि्ट १७ वटा वृत्ताकार आकृति छन् । जसमध्ये एउटा आइआर सेन्सर तथा १६ वटा क्यामरा हुन् ।

यो क्यामरामा रहेका हरेक क्यामराले अलग अलग एंगलबाट फोटो खिच्दछन् । जसलाई एकत्रित गरेर ५२ मेगापिक्सेल हाइ रिजोलुसनयुक्त फोटो तयार हुन्छ ।
त्यसैले स्मार्टफोन जत्रै आकारको यो क्यामराले ५२ मेगापिक्सेलको डिएसएलआर क्यामराले जत्तिकै क्वालिटीयुक्त फोटो खिच्न सक्ने बताइएको छ ।
यो डिभाइसको अर्को विशेषता भनको के भने यसमा फोटो क्लिक गरिसकेपछि पनि फोकस सेलेक्ट गर्न सकिन्छ । साथै कम प्रकाशमा पनि यसरी गुणस्तरीय फोटो खिच्न सक्छ । यसका लागि यो क्यामरामा रिड्युसिंग इमेज नाइस नामक फिचर पनि रहेको छ ।
एल सिक्सटिनमा ३५ एम एमका ५ क्यामरा मोड्युल, ७० एमएमका ५ भर्सन तथा १५० एमएमका ६ क्यामरा मोड्युल रहेका छन् । साथै पछाडीपटि्ट ५ इन्चको टचस्त्रिmन डिस्प्ले पनि राखिएको छ जसमा चार्जिंग सेटिंग्स, जूम, फोकस आदि कन्ट्रोल फिचर्स रहेका छन् । यो क्यामराले जेपिजी, टीआइएफएफ तथा रअ डिएनजी फोटोका साथै भिडियो पनि खिच्न सकिन्छ ।
कपनीले यो क्यामराको मूल्य १२९९ डलर तोकेको छ । तर नोभेम्बर ६ पछि भने यसको मूल्य १६९९ डलर पुग्ने बताइएको छ । यो क्यामराको प्री बुकिंग सुरु भैसकेको छ भने तत्कालका लागि यो अमेरिकी बजारमा मात्र उपलब्ध हुनेछ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.