AFC Under 19 अन्तिम खेलमा नेपालले जोर्डनको सामना गर्दै


आश्विन १९।  एसियाली फुटबल महासङ्घ (एएफसी)को आयोजनामा भइरहेको एएफसी १९ वर्षमुनि च्याम्पियनसिप छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल जोर्डनसँग खेल्दै छ ।
इरानको मसाद सहरस्थित सामेन अल एम रङ्गशालामा हुने सो प्रतियोगितामा नेपाली युवा टोलीले आज साँझ ६ः१५ बजे समूह चरणको अन्तिम खेलमा जोर्डनको सामना गर्नेछ । प्रतियोगितामा नेपालको अघिल्लो चरणको प्रवेशको सम्भावना भने न्यून हँुदै गएको छ ।
जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेल बराबरी खेलेको छ । नेपालले पहिलो खेलमा आयोजक इरानसँग ०–१० को अप्रत्याशित हार बेहोरेका कारण नेपालको आगामी वर्ष बहराइनमा हुने यु–१९ एएफसी च्याम्पियनसिप खेल्ने सम्भावना कम भएको हो ।
त्यस्तै, कुबेतसँगको दोस्रो खेल १–१ को गोलको बराबरीमा टुङ्गिएको थियो । नेपालले प्रतियोगितामा जम्मा एक गोल मात्रै गरेको छ । नेपालका लागि विमल घर्तीमगरले कुवेत विरुद्वको खेलमा गोल गरेका थिए ।
प्रतियोगितामा जोर्डनले भने त्यति उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । प्रतियोगितामा दुई खेल खेलेको जोर्डनले दुवै खेलमा हार बेहोरेको छ । समूह ‘ई’ अन्तर्गत चार टोली सम्मिलित उक्त प्रतियोगितामा नेपाल एक अङ्कका साथ लिगको तेस्रो स्थानमा छ भने आयोजक इरान शीर्ष ६ अङ्क जोड्दै लिगको पहिलो स्थानमा छ ।
त्यसैगरी, कुवेत चार अङ्कका साथ लिगको दोस्रो स्थानमा छ भने जोर्डन लिगको अन्तिम स्थानमा छ । एसियाका राष्ट्रलाई विभिन्न १० समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा समूहको विजेता, उपविजेतामध्ये शीर्ष पाँचभित्र पर्ने टोली र आयोजक बहराइन गरी १६ टोलीले आगामी वर्ष बहराइनमा हुने एएफसी च्याम्पियनसिप खेल्न पाउनेछन् ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.