पुरुषमा सन्तान नहुने कारणहरु


सन्तान नहुने कारण पुरुषमा पनि हुनसक्छ र स्त्रीमा पनि । कहिलेकाहीँ, दुवैमा खराबी नहुँदा नहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ । किनभने गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीट र स्त्रीको अण्डा भेटिने अवसर नआएको हुनसक्छ । स्त्री रागरस वा पुरुष रागरसको कमीका कारण त्यसो भएको हुनसक्छ । हाम्रो समाजमा सन्तान नहुनेहरुलाई नराम्रो दृष्टिले हेर्ने र हेला गर्ने चलन छ । कोही कोही त्यस्ताको हातको पानी चल्दैन वा पितृहरु विमुख हुन्छन् भनी कुरा गर्दछन् । यस्तो गर्नु राम्रो होइन । छोराछोरी नभए पनि मानिसले सुखमय जीवन बिताउन सक्दछन् । अरुको सन्तानलाई धर्मपुत्र, धर्मपुत्री लिएर वा अनाथालयलाई सहयोग गरेर आफ्नो जीवनलाई सार्थक बनाउने कैयन सन्तानहीन व्यक्तिहरु हाम्रै समाजमा पनि धेरै छन् ।

कारणहरु
–    स्वस्थ शुक्रकीट उत्पादन नहुनु ।
–    शुक्रकीट उत्पादन भए पनि ज्यादै कम हुनु । आधुनिक चिकित्सा, आयुर्वेध, प्राकृतिक चिकित्सा वा होमियोप्याथिकबाट यस्ता कतिपय समस्याको समाधान हुनसक्छ ।
–    कुनै कुनै पुरुषको शुक्रकीट नै बन्दैन, यस्ताको उपचार हुदैन ।
–    कुनै कुनै पुरुषका अण्डा नै हुँदैनन्, यस्ताको उपचार हुँदैन ।
–    गोनोरिया जस्तो यौन रोग लागेपछि राम्रो उपचार भएन भने पनि सन्तान उत्पादन गर्ने क्षमता गुम्छ । रोग लाग्ने बित्तिकै उपचार गरेमा समस्या नआउन सक्छ ।
–    शुक्रनली वा अन्य भागमा केही अवरोध भएको हुनसक्छ । यस्तो समस्यालाई अप्रेशनबाट ठीक गर्न सकिन्छ ।
–    पुुरुष रगरासको कमी हुनसक्छ । यस्तालाई कृत्रिम रागरसद्धारा उपचार गरिन्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.