‘इन्टरनेट प्याकेज’ को प्रतिस्पर्धा क्यान इन्फोटेकमा


इन्टरनेट सेवा प्रदायकहरु यतिबेला भृकुटीमण्डमा ग्राहक आकषिर्त गर्ने ध्याउन्नमा लागेका छन् । बुधबारदेखि सुरु भएको ‘क्यान इन्फोटेक’मा ‘आकर्षक इन्टरनेट प्याकेज’ सहित कम्पनीहरु प्रतिस्पर्धामा उत्रिएको देखिन्छ ।
सूचना प्रविधिका पारखीहरुको जमघट हुने यस मेलामा सहभागि अधिकांश इन्टरनेट सेवा प्रदायक कम्पनीले ‘क्यान अफर’ ल्याएका छन् । जुन अफरमा डेटा शुल्कमा नगद छुट देखि आकर्षक गिफ्ट हृयाम्परसम्म प्राप्त गर्न सकिन्छ ।
मेलामा सुबिसु केबल नेट, वेभ सर्फर, क्लासिक टेक, भायोनेट कम्यूनिकेसन, वल्र्डलिंक कम्यूनिकेसन र नेपाल टेलिकम सहभागी छन् । नेपाल टेलिकम बाहेक अन्य कम्पनीले इन्टरनेटमा विभिन्न अफर ल्याएका छन् ।
नेपाल टेलिकम
नेपाल टेलिकमले भने माघ २२ गते आफ्नो वाषिर्कोत्सवको अवसर पारी इन्टरनेट प्याकेज ग्राहकमाझ ल्याउने तयारी गरिरहेको छ । मेलामा टेलिकमले २ सय रुपैयाँको थि्रजी सीम र इभिडियो रिम एक सय रुपैयाँमा उपलब्ध गराइरहेको छ । जुन सिममा एक सय रुपैयाँ ब्यालेन्स समेत रहेको छ ।
टेलिकमले मेलामा ईभिडियो, थि्रजी, वाइम्याक्स लगायतका इन्टरनेट सेवाको प्रवर्द्धन गरिरहेको छ । सरकारी स्वामित्वमा रहेको टेलिकमको स्टलमा ग्राहकहरुको पहिलो दिन नै भिड लागेको देखिन्थ्यो ।
सुबिसु केवल नेट
इन्टरनेट सेवा प्रदायक सुबिसुले क्यान इन्फोटकमा ‘सुबिसु इन्टरनेट’ र ‘क्लियर टिभी’ कम्बाइन्ड ‘सुपर कम्बो अफर’ ल्याएको छ ।
९ हजार ९ सय ९९ रुपैयाँको यस प्याकेजमा ग्राहकहरुले सातवटा अफर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार मेलामा यो प्याकेज लिने ग्राहकले ४५ दिनसम्मका लागि १ एमबीपीएस गतिको अनलिमिटेड इन्टरनेट चलाउन पाउनेछन् ।
त्यसैगरि, सम्पूर्ण च्यानल भएको क्लियर टिभी तीन महिनासम्म हेर्न पाइने छ भने तीन महिनाका लागि एनालग टिभी सर्भिस समेत उपलब्ध गराइने छ । क्लियर टिभी सेटअप बक्स, केबल मोडियम, इन्स्टलेसन चार्ज र इस्पिलिटर पनि यहि प्याकेजमा प्राप्त गर्न सकिने छ ।
वेभ सर्फर कम्यूनिकेसन
वेभ सर्फरले मेलाबाट नयाँ प्रोडक्ट केवल टिभी सेवा समेत सुरुवात गरेको छ । अहिलेसम्म वायरलेसबाट मात्र इन्टरनेट सेवा दिने वेभ सर्फरले अबदेखि केवलबाट पनि इन्टरनेट सेवा दिने छ ।
कम्पनीले केबलबाट दिने इन्टरनेटका ४ वटा प्याकेज बनाएको छ । वेभ सर्फरले प्रतिमहिना ५ एमबीपीएस गतीको १५ जीबी इन्टरनेट, ५ एमबीपीएस गतीकै २५ जीबी इन्टरनेट, १० एमबीपीएसको ५० र २०० जीबी इन्टरनेट गरी चारवटा प्याकेज बनाएको छ ।
जुन प्याकेजहरु लिनका लागि प्रतिमहिना क्रमशः ११६०, १५५०, २१०० र ६५०० रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।
कम्पनीले वायरलेस इन्टरनेट प्याकेजको शुल्क घटाएको जनाएको छ  । चारवटा प्याकेजमा उपलब्ध वायरलेस इन्टरनेट प्रतिमहिना १ एमबीपीएस गतीमा १६ जीबी, २० जीबी, ३० जीबी र ४० जीबीमा उपलब्ध हुनेछ । जसको क्रमशः मासिक ९००, ११००, १३००, १५०० रुपैयाँ बुझाउनु पर्नेछ ।
त्यसैगरि, ५१२ केबीपीएस गतीको ८ जीबी इन्टरनेट मासिक ४ सय ५९ रुपैयाँमा प्राप्त गर्न सकिने बताइएको छ । त्यस्तै ५१२ केबीपीएस गतीको अनलिमिटेड इन्टरनेट मासिक १३ सय रुपैयाँमा उपभोग गर्न सकिने छ ।
कम्पनीले विभिन्न प्याकेज लिँदा ग्राहकलाई ल्यापटप व्याग, ८ जीबी यूएसबी फ्लास ड्राइभ, इन्स्टलेसन चार्ज निःशुल्क उपलब्ध गराउने छ भने १० प्रतिशतसम्म क्यास डिस्काउन्ट पनि ग्राहकले प्राप्त गर्न सक्नेछन् ।
क्लासिक टेक
क्लासिक टेकले पनि क्यान इन्फोटकलाई लक्षित गर्दै विभिन्न प्याकेज ल्याएको छ । कम्पनीका अनुसार घरायसी, फाइबर म्याक्स, एयर म्याक्स, सोहो र बिजनेश गरी पाँचवटा क्याटागरीमा अनलिमिटेड इन्टरनेट प्याकेजहरु उपलब्ध छन् ।
घरायसी प्रयोगका लागि ५१२ केबीपीएस गतीको सिल्भर प्याकेज मासिक ९९९ रुपैयाँ र १ एमबीपीएस गतिको गोल्ड प्याकेजर मासिक १८९९ रुपैयाँ तिरेर प्रयोग गर्न सकिन्छ । यो प्याकेज लिँदा ८ हजार रुपैयाँ पर्ने डिभाइस खरिद गर्नुपर्ने हुन्छ ।
फाइबरम्याक्सतर्फ ५ एमबीपीएस गतीको मासिक ९९९, १५ एमबीपीएस गतीको १०९९ र १०० एमबीपीएस गतीको ४,९९९ रुपैयाँ शुल्क तोकिएको छ । यो प्याकेजमा इन्स्टलेसन चार्ज लाग्नेछैन ।
एयरम्याक्सतर्फ २ एमबीपीएस गतीको इन्टरनेट मासिक ९९९ रुपैयाँ तिरेर प्रयोग गर्न पाइने छ । ११ हजार ३९० रुपैयाँको प्याकेज खरिद गर्दा ६ महिनासम्म प्रतिमहिना ५ सय रुपैयाँका दरले र ६ महिनापछि मासिक भ्याटसहित ९९९ रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ ।
सोहा प्याकेजतर्फ कम्पनीले १,३ र ५ एमबीपीएसको गतीमा इन्टरनेट उपलब्ध गराउने छ । जसको क्रमशः मासिक ५ हजार, ६ हजार ५ सय र २३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
त्यसैगरि, बिजनेश प्याकेजतर्फ पनि १,३ र ५ एमबीपीएसको गतीमा इन्टरनेट कम्पनीले उपलब्ध गराएको छ । जसको क्रमशः ५ हजार, १४ हजार र २३ हजार रुपैयाँ मासिक बुझाउनुपर्ने हुन्छ ।
भायोनेट कम्यूनिकेसन
भायोनेटले क्यान इन्फोटकमा ‘भयोनेटको फाइदै फाइदा अफर’ ल्याएको छ । जुन अफरमा ग्राहकहरुले उहि शुल्कमा पहिलाको डबल डेटा प्राप्त गर्नेछन् । ५ एमबीपीएस गतीको १.३ टेराबाइट इन्टरनेट डाटा मासिक १६ सय १९ रुपैयाँ तिरेर चलाउन पाइने छ ।
यो प्याकेज एक वर्षका लागि लिएमा ग्राहकले दुई महिना निःशुल्क र २ हजार रुपैयाँ पर्ने राउटर निःशुल्क पाउने कम्पनीले जनाएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.