
कलर्सले माइक्रोसफ्टसँग सहकार्य गरेर विन्डोज फोन बजारमा भित्राउन लागेको हो । विन्डोज फोनको अगि्रम बुकिङ माघ १४ गतेदेखि सुरु गर्ने कम्पनीले जानकारी दिएको छ । क्यान इन्फोटकमा कलर्स मोबाइलको स्टलमा विन्डोज फोन बुकिङ गर्न सकिने छ ।
अहिले माइक्रोसफ्टका प्रतिनिधिहरु नेपालमा रहेका छन् । सोमबार कलर्सले आयोजना गरेको भेटघाट कार्यक्रममा पनि माइक्रोसफ्टका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनीहरुले नेपालका एप्स डेभलपर, विद्यार्थी, कलाकार तथा आइटीसँग चासो राख्नेहरुसँग बिभिन्न अन्तरक्रियात्मक कार्यक्रम गर्ने बताइएको छ ।
साथै, माइक्रोसफ्टका वरिष्ठ कर्मचारीहरुले सेल्स पर्सनल एवं खुद्रा बिक्रेताहरुका लागि सीप विकास तालिम पनि संचालन गर्ने भएका छन् । कलर्सले अपि्रलमा एप्स सम्बन्धी एक गोष्ठी आयोजना गर्न लागेको र सो गोष्ठीमा सहभागी बन्नका लागि फेसबुकमार्फत् आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।