मड्रिडलाई हराउँदै बार्सिलोना अन्तिम चारमा

एथ्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेग १–० ले जितेको बार्सिलोनाले बुधबार राति भएको तनावपूर्ण दोस्रो लेगमा ३–२ को जित निकाल्यो र समग्रमा ४–२ ले विजयी भयो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले पहिलो मिनेटमा नै फर्नान्डो टोरेसको गोलबाट अग्रता लिएको थियो । तर, नवौं मिनेटमा लुइस स्वरेजको पासमा नेयमारले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । खेलको ३० औं मिनेटमा राउल गार्सियाले पेनाल्टीमा गोल गर्लै फेरि एथ्लेटिकोलाई अग्रता दिलाए । ३८ औं मिनेटमा एथ्लेटिको मड्रिडका मिराण्डाले आत्मघाती गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।
४१ औं मिनेटमा अल्बामा पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलानालाई ३–२ को अग्रता दिलाए । पहिलो हाफको अन्तिममा गावी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सिमित भयो । खेलको ४८ औं मिनेटमा एथ्लेटिकोका मिडिफिल्डर टुरानले लाइन्स म्यानलाई जुत्ताले हाने । तर, जुत्ताले लाइन्स म्यानलाई लागेन भने उनले पहेँलो कार्ड मात्र पाए ।
खेलको ८४ औं मिनेटमा मेस्सीलाई फल गरेपछि एथ्लेटिको मड्रिडका मारिओ सुआरेज दोहोरो पहेँलो कार्ड पाए । त्यसपछि केही मिनेट घरेलु टोली ९ खेलाडीमा सिमित भयो ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.