पूर्व राजा शाहले आयोजकलाई एक लाख रुपैयाँ सहयोग समेत गरे । उनले करिव ४० मिनेट महोत्सव अवलोकन गरेका थिए । महोत्सव अवलोकनमा पूर्वराजपरिवारका अन्य सदस्यहरु भने थिएनन् । निजी सुरक्षा गार्डसहि महोत्सव अवलोकन गरेपछि उनी दमकस्थित हिमालय टी स्टेटतर्फ लागेका थिए ।
महोत्सवमा अमरनाथको गुफा भित्र वैष्णीदेवी माताको दर्शन, पाँच कुण्डमा अखण्ड विष्णु महायज्ञ, राम नाम लेखिएको पत्थर लगायतका हिन्दूधर्म सम्वन्धि रोचक दृष्यहरु राखिएको छ । नेपाल मेला महोत्सव संघ एवम् मूल कार्य सम्पादन समितिले आयोजना गरेको महोत्सवमा मद्यपान र धुमपानका स्टल राखिएको छैन ।
मूल कार्यसम्पादन समितिका संयोजक मृत्युञ्जय झाले नेपाल र भारतका गरी ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र करिव ४ करोड आम्दानी हुने अपेक्षा गरिएको जानकारी दिए । महोत्सवबाट हुने आम्दानी समाज विकासको विभिन्न्ा शिर्षकमा खर्च गर्ने आयोजकले जनाएको छ ।
पूर्व राजाको स्वागतको लागि सदभावना पार्टीका नेता बद्री मण्डल, फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झा लगायतको सहभागीता थियो । पूर्वराजाका समर्थकले नारावाजी समेत गरेका थिए ।