राजधानीमा ‘क्यान इन्फोटक


राजधानीको भृकुटीमण्डपमा माघ तेस्रो साता सूचा प्रविधि मेला आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गर्ने उक्त मेला माघ १४ गतेदेखि १९ गतेसम्म पाँच दिन चल्नेछ ।
विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यसहित क्यानले विगत २१ वर्षदेखि यस्तो मेला आयोजना गर्दै आएको छ ।
‘सुविसु क्यान इन्फोटेक २०१५ ईन एशोसियसन विथ डेल इन्टेल बाई नियोटेरीक नेपाल’ नामक यस मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरु रहने बताइएको छ । त्यस्तै, ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु ९ गरी जम्मा २१९ स्टलहरु रहनेछन् ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई.सी.टी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स र अन्य स्टलहरु रहने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
आयोजकका अनुसार हालसम्म मुख्य प्रदर्शनी हलभित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् ।
यस पटकको मेलामा साढे ४ लाख अवलोकनकर्ता भित्राउने लक्ष्य राखिएको छ । अिघल्लो मेलामा ४ लाख ३१ हजार ३५० अवलोकनकर्ता मेलामा आएका थिए ।
मेलामा साधारणहरुलाई प्रवेश शुल्क १५० रुपैयाँ र विद्यार्थीहरुलाई ७५ रुपैयाँ तोकिएको छ । माघ १८ गते आइतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि १५० रुपैयाँ तोकेको आयोजकले जनाएको छ ।
सरकारी विद्यालयहरुबाट अगि्रम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेलामा अनलाइन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाएको बताउँदै आयोजकले अनलाइन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गर्ने जनाएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.