आकर्सणकालगि सुन्दर ओठ

महिलाको सौन्दर्यमा ओठको ठूलो भूमिका हुन्छ। अनुहारको अरू भागमा जस्तै ओठमा पनि पर्याप्त ध्यान दिनुपर्छ। फुटेको, छाला निस्केको र कालो भएको ओठले तपाईंको सौन्दर्यप्रति उदासीनतालाई जनाउँछन्।
पहिले महिलाले ओठमा प्राकृतिक आकारमै सन्तोष गर्नुपर्थ्यो। तर, आजभोलि लिपलाइनरको सहायताले आफूले चाहेको जस्तो ठूलो वा सानो ओठ देखाउन सकिन्छ।
मोटो ओठ भएकाले ओठको भित्रबाट लिपलाइनरका सहायताले आकार दिनुपर्छ। पातलो ओठ भएका महिलाले बाहिरबाट लिपलाइनरले हल्का सेप दिनुपर्छ। सानो ओठ हुनेले ओठको कुना–कुनाबाट ओठको सेप दिनुपर्छ।
त्यस्तै, माथिल्लो ओठ पातलो भएका महिलाले तलको ओठलाई सेप नदिई लिपलाइनरले माथिल्लोलाई ओठको आकारभन्दा हल्का बाहिरबाट सेप दिनुपर्छ। तलको भन्दा माथिल्लो ओठ ठूलो भएकाले तलको ओठलाई मात्र ध्यान दिनुपर्छ। तलको ओठको हल्का लम्बाइ र चौडाइ बढाउनुपर्छ।
यसरी लिपलाइनरको सहायताले आफ्नो ओठका प्राकृतिक सेपलाई सही रूप दिन सकिन्छ। यति गरिसकेपछि ब्रसको सहायताले भित्रबाट लिपस्टिक लगाउनुपर्छ। लिपस्टिकमा रङको छनौट गर्दा लगाउने पहिरनमा पनि ध्यान दिनुपर्छ।
साथै, अनुहारको रङलाई पनि बिर्सनुहुँदैन। छालाको रङलाई पनि ध्यानमा राखी लिपस्टिकको रङको चयन गर्नुपर्छ।दिउँसो हल्का रङको लिपस्टिकको प्रयोग गर्नुपर्छ भने साँझ गाढा रङको लिपस्टिकको प्रयोग गर्दा राम्रो हुन्छ।
एकपटक लिपस्टिक लगाइसकेपछि त्यसको माथि फेरि लिपस्टिक थप्नुहुँदैन। ओठलाई सफा गरेर पूर्ण रूपमा नयाँ लिपस्टिक लगाउनु राम्रो हो। यसले अनुहारलाई फ्रेस देखाउन मद्दत गर्छ।
थाकेको बेला धेरै गाढा रङको लिपस्टिक प्रयोग गर्नुहुँदैन। तपाईं यस्तो बेलामा रातो रङको लिपस्टिक प्रयोग गर्नु चाहनुहुन्छ भने लिपस्टिक लगाइसकेपछि त्यसमाथि हल्का कम्प्याक्ट पाउडर लगाउनुपर्छ। यसले लिपस्टिकको गाढा रङलाई हल्का देखाइदिन्छ।
दाँत पहेँला भएका महिलाले हल्का रङको लिपस्टिकको प्रयोग गर्दा दाँत झनै पहेँला देखिन्छन्। त्यसैले यस्ता महिलाले सकेसम्म हल्का रङको लिपस्टिक प्रयोग गर्नुहुँदैन।
अनुहारमा दागधब्बा वा डन्डीफोरका दाग छन् भने गाढा रङको लिपस्टिक लगाउँदा राम्रो हुन्छ। हल्का रङका लिपस्टिक लगाउँदा अनुहारका दागधब्बा लिपस्टिकभन्दा गाढा देखिन्छन्।
ओठ सुक्खा हुने समस्या छ भने महको लेप लगाएर १५ देखि २० मिनेटसम्म राख्नुपर्छ र पछि ओठ सफा गरी धुनुपर्छ। ओठ फुटेका बेलामा त्यसलाई निको पार्न र आकर्षक बनाउन एक चम्चा महमा केही थोपा गुलाबजल र त्यसमा केसरको धुलो मिसाएर बनाइएको लेप लगाउनुपर्छ।चुरोट पिउनेहरूको ओठ कालो हुँदै जान्छ। काँचो दूधमा केसर भिजाएर दिनहुँ ओठमा लगाउँदा फाइदा हुन्छ।लिपस्टिक लगाउँदा ढक्कन खोल्ने/बन्द गर्ने गरिन्छ। यसो गरिरहँदा हावाले लिपस्टिक बिग्रिन्छ। छ महिनाभन्दा बढी कुनै पनि लिपस्टिक प्रयोग गर्नुहुँदैन।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.