यसरि भयो गायक खेमराज गुरुङको मृत्यु (हेर्नुस भिडीयो)

करिब पाँच महिना अगाडी गायक खेमराज गुरुङ उपचारका लागि ओम अस्पताल पुगेका थिए । कलेजको समस्याका कारण बिरामी परेका उनलाई चिकित्सकले आगमी दिनमा भुलेर पनि मदिरा सेवन नगर्न सुझाएका थिए । केही दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका गायक गुरुङले डाक्टरको सुझाब अनुसार मदिरा पिएनन् । नियमित औषधि पनि सेवन गरे । 
तर, ११ दिन अगाडी उनी गम्भिर समस्याका कारण थला परे । सुरुमा जन्डिसको लक्षण देखिएका गुरुङले त्यती वास्ता गरेनन् । तर, जब जन्डिस बिग्रियो उनी उपचारका लागि चाबहिलस्थित मेडिकेयर अस्पतालमा पुगे । चिकित्सकले परीक्षणका क्रममा थाहा पाए कलेजोमा गम्भिर समस्या देखिसकेको रहेछ । जन्डिस कलेजोको समस्यामध्येकै एक लक्षण थियो । अस्पतालका अनुसार विगतमा नै कलेजोमा समस्या देखिएकाले मदिरा सेवन नगर्न भने पनि मदिरा सेवन गरेका कारण कलेजो बिग्रिएको थियो । अस्पताल स्रोतका अनुसारको उनको कलेजो फेल भैसकेको थियो । कलेजोसँगै मिर्लौलामा पनि समस्या देखिएको थियो । 
 अस्पतालमा उपचारका क्रममा गायक गुरुङले विगतमा डाक्टरले मदिरा सेवन गर्न दिएको सुझाब नमानी साथीभाईको करलाई टार्न नसकेर पुन मदिरा सेवान गरेको बताएका थिए । तर, साथीभाईको करले पिएको रक्सीले उनको कलेजो पूरै फेल गराएछ । कलेजको फेल भएपछि उनको कलेजको प्रत्यारोपण गर्न परिवारले विदेश लैजाने तयारी समेत गरेको थियो । तर, गम्भिर अवस्थामा आइसियुको भेन्टिलेटरमा रहेका उनलाई त्यही अवस्थामा एयर एम्बुलेन्समा लैजान समस्या पर्ने अस्पतालले जनायो ।
उनी बिहीबार बिहानदेखि भेन्टिलेटरमा थिए। परिवारले बिहीबार दिउँसो दिल्लीस्थित मेदान्त अस्पताल लैजाने तयारी गरेको थियो । चिकित्सकले स्वास्थ्यमा केही सुधार आएमा मात्र दिल्ली लैजान मिल्ने बताएपछि तत्कालका लागि योजना रोकिएको थियो । तर, त्यही साँझ उनको मृत्यु भयो ।
गायक गुरुङलाई अस्पतालले बिहिबार साँझ ५ः५० बजे मृत भोषणा गर्यो । गायक गुरुङ ४२ वर्षका थिए । गुरुङ अस्पताल भर्ना भएको भोलिपल्ट उनकी पत्नी हङकङबाट काठमाडौं आएकी थिइन्। उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनका दुई छोरा छन् । खेमराजका आमा र दिदी बेलायतबाट आएपछि मात्र अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । गायक गुरुङको ‘वारि जमुना पारि जमुना’ बोलको गित निकै लोकप्रिय छ । 
                                                                                                                       स्वास्थ्य खबरपत्रिकाबाट 
हेर्नुस भिडीयो :




via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.