यसपाली बाबाको आगनीमा छमछमी नाच्दै छिन चन्दा

पुर्वकी चर्चित संचारकर्मी चन्दा खड्काको नया तिज गित युट्युब मार्फत सार्बजनिक भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर पुर्वकी सञ्चारकर्मी, साहित्यकर्मि तथा गायिका चन्दा खड्काले आफ्नो दोस्रोे सांगीतिक एल्बम माइती घर (भाग २) बजारमा ल्याएकी छिन् । 
आफ्नैं शब्द र लय संकलनमा तयार पारिएको यस एल्बममा २ वटा तीजका गीत समावेश गरिएको छ । २ वटै गित काठमाण्डौको मालाश्री स्टुडियोमा रेकर्ड गरीएको हो । दुबै गितको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन । एउटा गीतको उनले म्युजिक भिडियो समेत तयार पारेकी छिन् । ‘बाबाको आँगनमा  छमछमी नाचिन्छ’ बोलको गीतको म्यूजिक भिडियोको निर्देशन प्रकाश सुब्बाले गरेका हुन भने सम्पादन निसान घिमीरेको रहेको छ । भिडीयोमा बिराट कला डान्स सेन्टरका कलाकार र चन्दा स्वयमको अभिनय रहेको छ । 
पुर्वाञ्चलमा विभिन्न समयमा हुने महोत्सव तथा सांगीतिक कार्यक्रममा उद्घोषण गरेर चर्चामा आइरहेकी उनले गत बर्षको माइती घर एल्बमको सफलता पछि माइती घर २ बनाउन हौसला मिलेकोे बताएकी छिन् । ‘बाबाको आँगनमा  छमछमी नाचिन्छ र यो तिजमा'  बोलका गीतहरुले यतिबेला नेपालको पुर्वी बजारमा चर्चा कमाईरहेका छन् । नमस्ते एफ. एम. इटहरीकी कार्यक्रम संयोजक समेत रहेकी चन्दा गीतबाट प्राप्त प्रतिक्रियाले निकै खुशी देखिएकी छिन् । 
‘मेरो गीत सुनेर पूर्वका धेरै स्रोताहरुले स्वर राम्रो रहेछ रेडियो र साहित्य यात्रा संगै सांगीतिक यात्रालाई पनि अगाडि बढाउनुहोस् भन्ने प्रतिक्रिया दिइरहनु भएको छ’, हर्षित मुद्रामा उनले भनिन्, ‘अब स्रोताको च्वाईस अनुसार गीत गाँउछु’ ।  
गायिका खड्काले अब चाडै नै आधुनिक गीतको अर्को सांगीतिक एल्बम बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएकी छिन् । 

हेर्नुस भिडीयो :




Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.