फिल्म निर्माता एवम नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष रोज राणा माथी साँझ अज्ञात समूहले खुकुरी प्रहार भएको छ। उनीमाथी करिब ८ बजेतीर नयाँ बानेश्वर स्थित सेन्ट्रल क्याफेमा खुकुरी प्रहार भएको महानगरिय प्रहरी परिसरले पुष्टि गरेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाका अनुसार खुकुरी प्रहारमा सलग्न १ लाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको जानकारी दिएका छन्।
परिसरले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ। खुकुरी प्रहारबाट उनको दाहिने गहिरो हातमा चोट लागेको र खतरांमूक्त रहेको छ। त्यस्तै प्रहरीका अनुसार राणाले आफूलाई दुई व्यक्ति आएर हालखबर सोधेको र सो सोधेपछि आफूमाथी खुकुरी प्रहार गरेको बयान दिएको बताएका छन्।
उनको हाल ग्राण्डी हस्पिटलमा उपचार भइरहेको छ। उनको निर्माण तथा निर्देशन रहेको विराज भट्ट अभिनित 'जय परशुराम' शुक्रबारबाट प्रदर्शनमा आएको थियो।
via IFTTT

Post a Comment
Thanks.