लोगो परिवर्तन संगै एनसेलले ५० मिनेटको टक टाइम र ५ सय एसएमएस निशुल्क

एनसेल प्रा. लि. (एनसेल) र आजीयाटा ग्रुप बर्हाद (आजीयाटा) ले  नयाँ लोगो सार्वजनिक गरेको छ । आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो अनावरण गरेका छन् । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा आजीयाटाको एकल लगानी रहेको छ ।
एनसेलको नयाँ ब्राण्डमा रुपान्तरणसँगै  आजीयाटाको अन्तर्राष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानिय धरोहरको बेजोड मेल भएको छ ।  आधुनिक प्रविधि, नविनता र डिजिटलाईजेसनलाई अपनाउदै नेटवर्क विस्तार गर्ने र सम्पूर्ण ग्राहकका संचारलाई अझ सुदृढ गर्ने कार्यमा थप ध्यान केन्द्रित हुने कम्पनीले जनाएको छ ।
रिब्राण्डिङ्गसँगै कम्पनीको रोमांचक नयाँ अध्याय शुरु भएको छ भन्दै उसले आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दिर्घकालिन रुपमा लगानी गर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचार मार्फत जोड्दै नेपालको विकासमा योगदान पु¥याउन प्रतिवद्धता जनाएको छ। एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, “एनसेल एक मोवाईल नेटवर्क प्रदायक मात्र होईन, हामी नेपालको  व्यावसायिक नागरीक हौं र हामी राष्ट्रको आकांक्षा बमोजिम सामाजिक आर्थिक समृद्धिका लागि सरकारसँग सहकार्य गर्न प्रतिवद्ध छौं ।”

“एशियाकै प्रमुख दुरसंचार समूह आजीयाटाको सहयोग प्राप्त भएकोमा हामी हर्षित छौं । आजीयाटा दुरसंचार क्षेत्रमा डिजिटल तथा प्राविधिक विकासमा अग्रणी स्थानमा छ र आफ्नो स्वच्छ  प्यान–एशिया ट्रयाक रेकर्ड सहित नेपालमा प्रवेश गरेको छ ।” एनसेलले नेपाली उपभोक्तालाई आपसमा जोड्ने आफ्नो प्रतिबद्धता बमोजिम टुजी÷थ्रीजी जीएसएम नेटवर्क विकासका लागि हालसम्म ७४ अर्ब रुपैयाँ लगानी गरेको छ । फोरजी÷एलटिई जस्ता आधुनिक प्रविधिले नेपाली उपभोक्तालाई आफनो मोवाईल सेटमै भिडियो स्ट्रिमिङ्ग, संगित, गेम्स तथा कारोवार गर्ने जस्ता  थप विकसित फिचर तथा एप्लिकेसनको प्रयोग गर्न सम्भव बनाउने छ । नेपाली तथा नेपालको प्रगतिका लागि महत्वपूर्ण हुने यस फोरजी÷एलटिई सेवा संचालनका लागि आवश्यक स्पेक्ट्रम प्राप्त हुनेमा एनसेल विश्वस्त छ ।
सन् २०१६ का लागि एनसेलले घोषणा गरेको  १२ अर्बको पुँजीगत लगानी बाहेक एनसेलले आफ्ना निष्ठावान ग्राहकका लागि उत्कृष्ट सेवासंचालन सुनिश्चित गर्ने प्रतिवद्धता अन्तर्गत आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुजीगत तथा संचालन लगानी गर्ने घोषणा गरेको छ । एशियाको प्रमुख दुरसंचार समुहका रुपमा रहेको आजीयाटा दक्षिण एशियामा दिर्घकाल सम्म सेवा प्रदान गर्दै आएको छ । आजीयाटाको श्रीलंका तथा बंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिती छ, भने पाकिस्तान तथा भारतमा पनि लगानी रहेको छ । व्यावसायिक सुशासन तथा कानुनको परिपालनामा प्रतिबद्ध समुहको रुपमा परिचित आजीयाटाको आफु उपस्थित देशहरुमा ठूला करदाताका रुपमा रहेका कम्पनीहरु छन् । “दक्षिण एशियामा रहेको उपस्थितीले गर्दा आजीयाटा एनसेललाई नविन डिजिटल तथा मोवाईल सेवा मार्फत अवसरहरुको लाभ लिदै प्रगतिको अर्को तहमा लैजान प्रभावकारी अवस्थामा रहेको छ । आजीयाटाको एशियालाई अगाडि बढाउने (एडभान्सिङ्ग एशिया) भिजनले उत्कृृट कनेक्टिभिटी, प्रविधि तथा कौशललाई समेटेको छ । त्यसैले आजीयाटासँगको यो सम्बन्धले नेपाली समुदाय तथा कर्मचारीको प्रगतिमा थप योगदान पु¥याउनेमा म विश्वस्त छु,” साइमन पर्किन्सले भने ।

एनसेलले नयाँ ब्राण्डको अनावरणसँगै आजबाट लागु हुने गरी आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याएको छ, जस अन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाईम तथा ५०० एसएमएस निःशुल्क प्राप्त गर्न सक्छन् । एनसेलका सबै ग्राहकले एष्ट्रिक्स १७१२१ ह्यास डायल गरी यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् र प्राप्त ५० मिनेट टक टाईम तथा ५०० एसएमएस एनसेलको कुनै पनि अर्को नम्बरमा कल गर्न र एसएमएस पठाउन प्रयोग गर्न सक्छन् । यसरी प्राप्त टक टाईम र एसएमएसको समयावधि एक हप्ताको रहेको छ ।



via IFTTT

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.