असार २३। गए राती सम्पन्न संविधानसभा बैठकबाट संविधानको प्रारम्भिक मस्यौदा बहुमतका आधारमा पारित भएको छ । पारित गरिएको मस्यौदामाथि जनमत संकलनको कार्य अघि बढाउन संविधानसभा अन्तर्गतको नागरिक समितिलाई मस्यौदा हस्तान्तरण गरिएको छ । अब नागरिक सुजाब संकलन गर्न १५ दिनको समय छुट्याइएको छ ।