गर्भावस्थामा बान्ता हुनबाट यी खानेकुराले बचाउँछ

गर्भावस्थाको क्रममा धेरैलाई बान्ता हुने गर्दछ तर यसको अहिलेसम्म सहि कारण पत्ता लागेको छैन । भनिन्छ, गर्भावस्थामा शारिरिक र मानसिक रुपमा थुप्रै प्रकारको संवेदनात्मक र भावनात्मक परिवर्तन हुने गर्दछ । यसका साथै शरिर भित्र हर्मोन पनि तेज रुपमा बढ्ने गर्दछ जसले शरिरको अंगमा तनाव पैदा गर्दछ र बान्ता हुन थाल्दछ । गर्भावस्थामा विशेषतः बान्ता बिहान हुने गर्दछ र जति दिन बढ्दै जान्छ त्यति नै बान्ता हुने सम्भावना पनि न्यून हुँदै जान्छ । हुन त डाक्टरहरुले यसलाई राम्रो संकेत मान्छन् । गर्भावस्थामा बान्ता भएमा बच्चाको राम्रो विकास भएको डाक्टरहरुको बुझाई छ । तर अत्यधिक रुपमा बान्ता भइरहेको खण्डमा यसलाई राम्रोको संकेत नमानि तुरुन्त डाक्टरको सम्पर्कमा आउनुपर्ने थुप्रै मानिसहरु बताउने गर्दछन् । आज हामी तपाईंलाई यस्तो बान्ताबाट बच्ने घरेलु तरिका बताउँदैछौँ ।
१. थोरै थोरै गरेर पानी पिउनुहोस्ः गर्भावस्थामा हुने बान्तालाई कन्ट्रोल गर्ने सबैभन्दा राम्रो उपाय पानी हो ।हरेक घण्टामा एक गिलास पानी पिउनुहोस् । यसले तपाईंको शरिरमा पानीको कमी हुनबाट बचाउँछ जुन गर्भवती महिलाको लागि अत्यन्त जरुरी हुने गर्दछ । सुत्नुभन्दा अगाडि आफ्नो बेडको साइडमा एक ग्लास पानी राख्नुहोस् र पानी पिउन मनलागेको जस्तो हुनासाथ पिउनुहोस् । बिहान उठ्ने बित्तिकै पनि पानी पिउनुहोस्, यसले तपाईंलाई बान्ता हुनबाट रोक्छ ।
२. अदुवाः गर्भावस्थाको बान्तालाई रोक्न अदुवा पनि प्रभावकारी घरेलु उपाय हो । खानामा अदुवाको प्रयोग गर्नाले यसले पाचन प्रणालीलाई ठिक गर्ने गर्दछ र पेटमा भएको अम्लीय पदार्थलाई शान्त गर्ने गर्दछ । यदि तपाईं गर्भवती हुनुहुन्छ र तपाईंलाई बान्ता हुने गर्दछ भने, बान्ता आउला जस्तो हुनेबित्तिकै अदुवा सुँध्नुहोस् । यसको बास्नाले उल्टी हुनबाट बचाउँछ ।
३. कागतीः कागती आफ्नो गुणकारी प्रभावको लागि मानिसहरु बिच चिरपरिचित छ र यसले गर्भवतीमहिलाहरुलाई पनि निकै फाइदा पुर्याएको हुन्छ विशेषगरि बान्ता हुने समस्याको लागि । बान्ता हुनबाट बच्नका लागि गर्भवती महिलाले हरेक दिन बिहाज एक ग्लास पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाएर खाने गर्नुपर्दछ । यसका साथै कागतीमा पाइने ‘भिटामिन सी’ले गर्भवती महिला र उनको बच्चालाई निकै फाइदा पुर्याउने गर्दछ ।
४. बढाउनुहोस् भिटामिन बी–सिक्सका सेवनः भिटामिन बी–सीक्स गर्भवती महिलाहरुका लागि निकै लाभदायक मानिन्छ । यसको प्रयोगले गर्भावस्थामा हुने बान्ताबाट छुटकारा पाउन सकिन्छ । भिटामिन बी–सीक्स थुप्रै फल र खानेकुराहरुमा पाइने गरिन्छ जस्तै अबोकेडो, केरा, माछा, बदाम आदि । यसका साथै तपाईंले केहि सप्लिमेन्ट पनि लिन सक्नुहुन्छ जुन तपाईं २५ मिलिग्राम एक दिनमा तीन पटक प्रयोग गर्न सक्नुहुनेछ । यसका लागि तपाईंले स्त्री रोग विशेषज्ञको पनि सल्लाह लिन सक्नुहुनेछ ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.