फोर जी कसरी चलाउने ?

नेपाल टेलिकमले आइतबार चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । हाल यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ ।
टेलिकमको 4G कसरी चलाउने भन्ने धेरैलाई जिज्ञासा हुनसक्छ । जान्नुस् ७ कुराः
मोवाइलमा 4G चल्छ कि चल्दैन कसरी जान्ने ?
तपाईंको मोवाइल फोनको नेटवर्क सेटिङमा गई फोनले कुन-कुन प्रविधिमा काम गर्छ हेर्न सकिन्छ । उपलब्ध बिकल्पमध्ये 4G/LTE  रहे नरहेको यकिन गर्नुहोस् । साथै नेपाल टेलिकमको नेकवर्कमा 4G/LTE सेवा सुचारु गर्नका लागि मोबाइलले १८०० मेगाहर्ज ब्याण्डमा काम गर्छ भन्ने सुनिश्चित गर्न फोनको स्पेसिफिकेसन हेर्नुहोस् ।
सिममा चल्छ कि चल्दैन ?
तपाईंले आफ्नो मोबाइलबाट स्टार ४४४ हृयास डायल गरी प्राप्त निर्देशन अनुसार सिम परिक्षण गर्न तथा 4G सेवा सुचारु गर्न सक्नुहुन्छ ।
4G चल्ने सिम कसरी पाउने ?
*४४४# डायल गर्दा यदि तपाईले हाल चलाइरहनु भएको टेलिकमको सिममा 4G नचल्ने रहेछ भनेर अपग्रेड गर्नुपर्छ भनेर सन्देश आउँछ ।
यदि अपग्रेड गर्नुस् भन्नेसन्देश आएमा काठमाडौं उपत्यकामा दूरसञ्चारका कार्यालयहरु चावहिल, हात्तीगौंडा, गोंगवु, सुन्धारा, छाउनी, बबरमहल, जावलाखेल, साझा भवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरसञ्चार कार्यालय महेन्द्रपुलबाट नियमित प्रक्रियामार्फत फोर जी चल्ने यु-सिम प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
शुल्क
4G सेवा सुरु गर्न कति लाग्ला भन्ने धेरैको जिज्ञाशा हुनसक्छ । तर, यसमा आत्तिनु पर्ने केही छैन । यो सेवा सुरु गर्न कुनै शुल्क लाग्दैन ।
कुन APN प्रयोग गर्ने ?
4G सेवाको लागि प्रयोगमा आएको ntnet वा ntwap मध्ये कुनै एक APN तपाईंको मोवाइलमा प्रयोग गर्न सकिन्छ ।
महंगो होला कि ?
3G भन्दा धेरै गुणा फास्ट हुने भएकाले महंगो होला कि भन्ने हुनसक्छ । तर, फोर जी सेवा 3G सेवाकै दरमा उपलब्ध गराइने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई बिभिन्न प्याकेजहरु नियमित उपलब्ध गराउँदै आएको छ । प्याकेजका बारेमा टेलिकमको आधिकारिक वेवसाइटमा अवलोकन गर्न सकिनेछ ।
हालको डाटा प्याकेज के हुन्छ ?
टेलिकमका अनुसार हाल भएको डाटा प्याकेज सेवा अवधिभर उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । साथै 4G सेवा सुरु भइसक्योर नेटवर्क कभरेज क्षेत्रमा हुनुहुन्छ भने 4G को स्पिडमै पुरानै प्याकेज उपयोग गर्न सकिनेछ ।
साथै 4G सेवा सम्वन्धी कुनै जिज्ञासा भएमा ग्राहक सेवा केन्द्रको नम्बर १४९८ मा सम्पर्क गरेर पनि बुझ्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.