गायक रोहितजोन क्षेत्री र श्रेया सोताङले 'प्रेमगीत २' को शीर्ष गीत गायनमा टीमअप

पौष २९, काठ्माण्डौ,
रक गायक रोहितजोन क्षेत्री र श्रेया सोताङले 'प्रेमगीत २' को शीर्ष गीत गायनमा टीमअप गरेका छन् । यी दुईले विहिबार जमलस्थित डोरेमी स्टुडियोमा गीत रेकर्ड गरे । कल्याण सिंहको संगीतमा बुनिएको गीतमा मेल र फिमेल भर्सन रेकर्ड भएका हुन् ।  
अमृत मरहठ्ठाले लेखेका शब्दमा भरिएको संगीत कर्णप्रिय लाग्छ । क्षेत्रीका लागि 'प्रेमगीत २' यसकारण महत्वपूर्ण पनि छ कि १९७४ एडी ब्यान्डका यी भोकलिस्ट यही गीतमार्फत पाश्र्वगायनमा डेब्यु गर्दैछन् । ‘हिट फिल्मको टाइटल गीतमार्फत डेब्यु गर्न पाउँदा उत्साहित छु’ उनले मिडियासँग खुशि बाँडे । 
संगीतकार सिंहले थाइल्यान्ड थीममा गीत कम्पोज गरिएको बताए । अन्तरदेशिय प्रेमकथा बुनिएकाले गीत पनि प्रभावशाली हुने आशा उनले लिए । यसपटक प्रेमगीत २ नेपाल छिचोलेर थाइल्यान्ड र म्यानमार पुग्दैछ । त्यो महसुस शीर्ष गीतमा हुन्छ । 
‘संगीत रेकर्डको काम सकियो र हामी अब बाँकी छायांकनमा फोकस हुन्छौं’ निर्माता सन्तोष सेनले भने, अब रारातालतर्फ प्रस्थान गर्छौं ।’ काठमाडौं, पोखरा, लुम्बिनी र सुर्खेत छायांकन सकिएको छ । 
रामशरण पाठक निर्देशित फिल्ममा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । यो प्रेमकथा र सांगीतिक फिल्मलाई आशुषेन प्रोडक्सनले निर्माण गरेको हो । ओम गुरुङ सहनिर्माता हुन् ।



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.