बहुप्रतिक्षित चलचित्र ‘सायद २’ को भब्य हङकङ प्रिमियर सम्पन्न

पौष, २१, इटहरी,
फिल्म ‘सायद २’ को हङकङ प्रिमियर गरिएको छ । हङकङ प्रिमियरबाट राम्रो प्रतिक्रिया मिलेपछि नेपाल रिलिजका लागी निर्माण युनिट उत्सुक देखिएको छ  ।
हङकङ रेडकार्पेट प्रिमियरमा फिल्म अभिनेता तथा निर्माता सुनिल रावल र निर्मात्री दुर्गिश थापाको उपस्थिति रहेको थियो । प्रिमियरमा राम्रो दर्शक प्रतिक्रिया मिलेकोमा निर्माता रावलले खुशि व्यक्त गरे । प्रिमियरमा झन्डै चार सय दर्शकको उपस्थिति रहेको थियो । 
सायद २ को हङकङ राईट चार लाखमा बिक्रि भएको थियो । पुष्पराज न्यौपाने डेब्यु निर्देशित फिल्मममा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, निशा कार्की, कुशल पाण्डे, अमृत ढकाल लगायतको अभिनय छ । 
अन्य बिदेशी मुलुकमा समेत फिल्म प्रर्दशनको तयारी भईरहेको छ भने नेपालमा जेठमा रिलिज गर्ने सोच निर्माण कम्पनी दुर्गिश फिल्मसले लिएको छ ।



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.