एक दिनमै 'लुट २' को ट्रेलर ३ लाख ८४ हजार बढिले हेर्यो : पर्यो युटुब ट्रेण्डिङ्गको पहिलो स्थानमा (ट्रेलर सहित)

पौष २२ , इटहरी,
बिहिबार ५ बजेपछि युट्युवमा आएको 'लुट २' को ट्रेलरले युट्युवमा किर्तिमानी भ्यूअर्स पाएको छ । रिलिजको एक दिन पुरा हुदा अर्थात यो समाचार तयार पार्दासम्म ट्रेलरलाई ३ लाख ८४ हजार बढिले हेरेका छन् l उल्लेखित रेकर्ड नेपाली फिल्मको कुनै पनि प्रचार सामग्रीको भन्दा दोब्बर, तेब्बर उच्च हो । 
यसअघि 'ड्रिम्स' फिल्मको ट्रेलर २४ घण्टामा १ लाख बढि पटक हेरिएको थियो भने 'छक्का पञ्जा'को ट्रेलर पनि १५ घण्टामै १ लाख बढि पटक हेरिएको थियो । यसअर्थमा पनि 'लुट २' को किर्तिमान सर्वाधिक छ । यो ट्रेलर युटुब ट्रेण्डिङ्गको पहिलो स्थान मा पर्न पनि सफल भएको छ भने केहि हप्ता अगाडी फिल्म गाजलु पनि युटुब ट्रेण्डिङ्गको पहिलो स्थान मा पर्न सफल भएको थियो । 
बर्ष २०७३ को सर्वाधिक प्रतिच्छित बनेको ट्रेलरप्रति सयौं कमेन्ट सकारात्मक आएका छन् । ट्रेलरलाई युट्युवमा ९ हजार बढिले लाइक गरेका छन् भने २ हजार भन्दा बढि सकारात्मक कमेन्ट हरु आएका छन् । सामाजिक सञ्जालमा यो ट्रेलरसँग जोडिएर बाहिरिएका संवाद र दृश्यको ट्रोल तथा जोक बन्न सुरु भएको छ । जसको प्रत्यक्ष प्रभाव फिल्मको प्रचारमा पर्नेछ । 
निश्चल बस्नेत निर्देसित फिल्मले अहिलेसम्मकै सर्वाधिक ओपनिङ कलेक्सनमा रेकर्ड राख्ने अनुमान फिल्म पण्डितहरुको छ । फिल्मको यसअघि रिलिज आइटम गीत पनि करिब ६० लाख पटक हेरिएको छ  । 'लुट २' फागुन १३ मा रिलिज हुनेछ ।
 हेर्नुस ट्रेलर :





via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.