"अब प्रतिभा जाने छैन खेर" भन्ने नारा सहित आईडलको अन्तराष्ट्रिय सृंखला "नेपाल आईडल" हुदै

पौष १७,(सुवास संकल्प), इटहरी,
कला र गलाको सम्मान अनि प्रोत्साहन गर्दै नेपालमा पनि राष्ट्रिय र स्थानिय स्तर बाट गायन प्रतियोगिता निकै हुने गरेको छ l कोहि सफल भएर प्रतियोगी तथा बिजेतालाई अवसर दिएका छन् भने कोहि नाममा मात्र सिमित रहेको उदाहरण पनि कम छैन l यहि क्रममा हाल सम्मकै बृहत अन्तराष्ट्रिय स्तरको आईडल नेपालमा हुने भएको छ l
अब नेपालले पनि आईडलको अन्तराष्ट्रिय सृंखलामा सहभागी हुने मौका पाउदै छ l सुरुमा पप आईडलको नामले बेलायतमा सुरु भएको यस सृखंला अमेरिकामा "अमेरिकन आईडल" को नामले सुरु भए पछि अस्टेलिया, न्युज्रिल्यांड, अरब, इण्डोनेसिया, ल्याटिन अमेरिका, पोल्याण्ड, पाकिस्तान, ईण्डिया, आईस्ल्याण्ड आदि देश हरुमा अन्तराष्ट्रिय सस्करण भईसकेको छ l 
बिराटनगर बिरगंज चितवन पोखरा बुटवल नेपालगंज र काठ्माण्डो गरि ७ सहर हरु बाट नेपाल आईडलको अडिसन लीईने छ l जसमा १६ देखि ३० बर्ष उमेर समुहका सबैले  निशुल्क सहभागी हुन पाउने छन् l छानिएका सबैले आईडलको अन्तराष्ट्रिय मापदण्ड अनुरुप विभिन्न ५ चरण हरु पार गर्नु पर्ने कुरा आयोजक पक्षले जनाएको छ l नेपालमा "नेपाल आईडल" को नामले संचालन हुन लागेको यो प्रतियोगिता नेपालमा हाल सम्मको बृहत र सबै भन्दा ठुलो हुने छ l 
विश्वब्यापी रुपले स्थापित हुदै गएको यो आईडलको नेपाल सस्करण भने पहिलो पटक हुन लागेको हो l "अब प्रतिभा जाने छैन खेर" भन्ने मूल नाराको साथ् नेपाल आईडलको प्रसारण नेपालकै पहिलो एच डि टेलिभिजनको रुपमा स्थापना भएको ए पी वान टेलिभिजन ले प्रसारण गर्ने भएको छ l



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.