नेपाली चेली तेरीयाले जितिन "झलक दिखला जा" को ताज (भिडियो सहित)

माघ ७, इटहरी,
नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् । तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले लेखेको छ । 
तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् । विशेषगरि, तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । तर, भोटिङको आधारमा तेरियाले उपाधी जितेकको अनलाइनले जनाएको छ । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ ।
रुपन्देहीकि तेरियालाई भोट गर्न भन्दै केहि दिन अगाडि मात्र पत्रकार सम्मेलन मार्फत आह्वान गरिएको थियो । अनलाइन र एसएमएसबाट उनलाई भोट गरिएको थियो । तेरियाले कति भोट पाइन् भन्ने खुलेको छैन । तर, सेलिब्रेटीहरुको डान्स शो पनि जितेर तेरियाले अर्को सफलता कायम गरेकी छिन् ।
भोट माग्दै टेरियाले केहि दिन अगाडि यसो भनेकी थिइन्, हेर्नुस भिडियो :




via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.