के हो "नेपाल आईडल", यसमा कसरि भाग लिने, तपाईलाई थाहा छ ? हेर्नुस बिस्तृतमा

माघ ९, इटहरी,
नेपाली टेलिभिजनको इतिहासमा नेपाल आईडल पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम हो जसको निर्माण तथा प्रसारण गर्ने अधिकार नेपालमा निकट भविष्यमै आफ्नो नियमित प्रसारण आरम्भ गर्ने तयारीमा रहेको एपि वान टेलिभिजनसँग मात्र छ । 
१) नेपाल आईडलको उद्देश्य के हो ?
- नेपाल आईडलले नेपाली नागरिकता भएका नेपालभित्र तथा बाहिरका नेपाली प्रतियोगीहरू मध्येबाट सर्वोत्कृष्ट गायन प्रतिभाको खोजी गर्नेछ जसको निर्धारण यसका निर्णायक तथा दर्शकको मतबाट हुनेछ ।
२) नेपाल आईडलको अडिशन कहाँकहाँ हुन्छ ?
- नेपालगंज, बुटवल, नारायणगढ, बीरगंज, बिराटनगर, पोखरा र काठमाडौं ।

३) नेपाल आईडलमा अडिशनका लागि रजिष्ट्रेशन कसरी गर्ने ?
- अडिशन हुने स्थानमा तोकिएको समयभित्र उपस्थित भएर बिहान ७ देखि साँझ ४ बजेसम्म । यसबाहेक नेपाल आईडलको वेबसाइटबाट फर्म डाउनलोड गरेर पनि भर्न सकिनेछ । यसरी डाउनलोड गरेर भरेको फर्म प्रिन्ट गरि अडिशन स्थलमा आएर दर्ता गर्न सकिनेछ ।
४) अडिशन कतिपटक दिन मिल्ने ?
- एक ठाँउमा एकपटक दिन मिल्ने तर आफैलाई कुनै एक ठाँउमा दिएको अडिशन चित्त नबुझेको खण्डमा अर्को ठाँउमा पुनः नयाँ फर्म भरेर अडिशन दिन सकिनेछ ।
५) कुन कुन भाषामा अडिशन दिन पाईन्छ ?
- नेपालीका साथै नेपालभित्र बोलिने हरेक भाषामा अडिशन दिन पाईन्छ तर निर्णायकले आवश्यक देखेमा नेपाली भाषामा पनि अडिशन दिनका लागि तयार रहनु पर्नेछ ।
६) अडिशन दिँदा म्यूजिक ट्रयाक चाहिन्छ?
- चाहिन्न, त्यतिबेला निर्णायकले तपाईंको स्वरमात्र परीक्षण गर्ने हो तर माग्नु भयो भने हारमोनियम वा गिटारमा निर्णायकले तपाईंलाई कर्ड दिन सक्नेछन साथै आफ्नो सजिलोको लागि तपाईंले आफूसँग कुनै एक वाद्य उपकरण पनि ल्याउन सक्नुहुनेछ ।
७) नेपाल आईडलमा अनलाईनबाट अडिशन दिन मिल्ने वा नमिल्ने ?
- नमिल्ने, अनलाईनबाट पठाइएको भिडियो रेकर्डको लागिमात्र हुनेछ । अर्को राउण्डमा जानका लागि अडिशनस्थल सम्म आउन जरुरी छ ।
८) नेपाल आईडलमा भाग लिनका लागि उमेर कति हुनुपर्नेछ ?
- १६ देखि ३० वर्ष बीचका जो कोहीले पनि भाग लिन पाउनेछन् ।
९) नेपाल आईडलमा एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यवसायिक गायक/गायिकाले भाग लिन पाउने/नपाउने ?
- भाग लिन पाउने, तर यो वर्ष कुनै पनि कंपनीसँग अनुबन्धित नभएको हुनुपर्ने ।
१०) नेपाल आईडलमा भाग लिन पैसा तिर्नुपर्छ ?
- नेपाल आईडलको अडिशनदेखि कुनै पनि राउण्डमा प्रतियोगीले आयोजकलाई पैसा तिर्नु पर्दैन ।
                                                                                                           नेपाल आईडलको वेबसाईड बाट l



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.