मानिसका सबै भित्री कुरा ‘लाइक’बाट यसरी थाहा पाइन्छ

विश्वका डेढ अर्ब मानिसले फेसबुक चलाउँछन्, कम्तिमा महिनामा एक पटक । यति धेरै प्रयोगकर्ता रहेको फेसबुक वास्तवमै प्रयोगका लागि सजिलो तथा निकै अन्तरक्रियात्मक छ, त्यसैले त सामान्य मानिसहरु पनि यसमा जोडिएका छन्, अझ विकाशोन्मुख देशहरुमा पनि ।
आफ्ना फेसबुके साथीहरुको चित्तबुझ्दो फेसबुक पोष्टमा लाइक ठोक्नु निकै चल्तीको चलन हो र फेसबुकेहरुको लागि सबैभन्दा सजिलो काम पनि हो ।
तर विश्वभरका करोडौँ मानिसहरु जब कुनै तस्वीर वा घटनाका विषयका पोष्टहरुमा आफ्नो लाइक ठोक्छन् तब यसले खास अर्थ बोक्दछ । यदि बेलायतको युनिभर्सिटी अफ क्याम्ब्रिजका शोधकर्ताहरुको कुरा पत्याउने हो भने मानिसले फेसबुकमा गरेको लाइकको आधारमा उसको बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ ।
युनिभर्सिटी अफ क्याम्ब्रिजको  म्यासिक सस टूल एप्लाइ म्याजिकले यो जानकारी दिन सक्छ की फेसबुक प्रयोगकर्ता पुरुष हो वा महिला ? उसको धर्म के हो ? राजनीतिक विचारधारा के हो ? आदि आदि ।
उक्त टुलमा गएर तपाइँले Predict My Profile  अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि Try it Now  नामक अप्सन छान्नुहोस् । आफ्नो फेसबुकको लाइकको बारेमा जानकारी लिने इजाजत दिएपछि यो एपले काम गर्न सुरु गर्छ । त्यसपछि केही सेकेण्डमा पर्खिनुस् र अन्ततः आफ्नो बारेमा सबै जान्नुहोस् ।
यद्यपि हरेक फेसबुकेहको बारेमा यो एपले गर्ने विश्लेषण सबै ठ्याक्कै नमिल्न सक्छ, तथापि यसले बताउने धेरै कुराहरु भने सही ठहरिने बताइएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.