यू-१९ टोलीका सदस्यलाई जनही २ लाख दिने एन्फाको निर्णय



भाद्र १६। अखिल नेपाल फुटबल संघ एन्फाले यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
एन्फा कार्यसमितिको मंगलबार बसेको बैठकले प्रत्येक खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । एन्फाले खेलाडीहरुको सम्मानका लागि आफूसँग आवद्ध ४५ जिल्लाबाट एक लाख रुपैयाँ संकलन गर्ने बताएको छ ।
साथै खेलाडीहरुलाई प्रोत्साहनका लागि कर्पोरेट हाउसहरुलाई आग्रह गरिने एन्फाले जनाएको छ ।
शनिबार काठमाडौंमा सम्पन्न यू-१९ साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपालले दुई दशकपछि अन्तराष्ट्रिय फुटबलको उपाधि उचालेको थियो ।
एन्फाले अदालतको आदेश अनुसार भोलि १६ गतेका लागि तय भएको साधारणसभा स्थगित गरेको छ । अर्को मितिपछि तय गरिने उसले बताएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.