भाद्र २९। आज भद्र सुक्ल दितिया अर्थात् दर खाने दिन। नेपाली हिन्दु महिला हरुको महान पर्व हरितालिका तिजको को अघिल्लो दिन। भोलि आफ्ना परिवार तथा आफ्ना श्रीमान को रक्षाको कामना गर्दै पानी समेत नखाई निराहार ब्रत बस्ने चलन छ। भोलि निराहार बस्नु पर्ने भएकाले आज भोलि लाई समेत पुग्ने गरि फलफूल तथा मिठाई बनाई खाने चलन छ। छोरी चेली आ आफ्ना माइती घर गएर तिज मनाउने चलन छ।
पहिला पहिला माइत टाढा तथा यातायात सुबिधा नहुदा वर्ष दिनमा छुट्टी मिलाएर माइतिघर जाने चलन थियो। घरमा सासुको टोकसो सहन नसकेका विरहका गित गाएर बह पोख्ने तिज आजकल डिस्को र उक्ष्रिङ्खल बन्दै गएको नकार्न सकिन्न।
