भिडियोले नै धानेको छ केकीको दैनिकी, फिल्म नचल्दा कसले पत्याउने ?

मंसिर २५, मनिश अन्जान-काठमांडौ,
एउटा कलाकारका लागी आफु अभिनित चलचित्र कति प्यारो होला ? तपाईको झट्टै उत्तर आउन सक्छ आफ्नो सन्तान सरह । हो, एउटा कलाकारका लागी आफु अभिनित चलचित्र आफ्नो सन्तान सरह नै हुन्छ किनकी तिनै चलचित्रले नै हो उनीहरुको अगाडीको भविष्य तय गर्ने भनेको । त्यसैले त उनीहरु आफु अभिनित चलचित्रहरु सफल मात्रै भइदिए हुन्थ्यो भन्ठान्छन् तर कहिले काहिँ त्यसको विपरित भइदिँदा उनीहरु छाँगाबाट खसे जस्तो हुनु स्वभाविकै हो । अझ लगातार आफु अभिनित चलचित्रहरु असफल भईदिँदा त झन एउटा कलाकारलाई कस्तो पीडा हुन्छ होला ? त्यो उनीहरु भन्दा बाहेक अरु कसले पनि जान्न सक्दछ र तर हामी कल्पना भने गर्न सक्छौ । आफु अभिनित चलचित्रहरु लगातार असफल भईदिँदा करियर नै चौपट भएका उदारहणहरु खोज्न धेरै टाढा पनि जानु पर्दैन । यस्ता उदारहणहरु नेपाली चलचित्र क्षेत्रमा नै बग्रेल्ती छन् । 
 त्यसैले त कलाकारहरु सकभर राम्रो ब्यानर र उत्कृष्ट कथावस्तु भएको चलचित्र खोज्ने धाउन्नमा हुन्छन् ।
यस्तै एक पीडामा छिन् नायिका केकी अधिकारी । किनकी उनका चलचित्रहरुले अहिलेसम्म नेपाली बक्सअफिसमा उधुम मच्चाउन सकेका छैनन् । करियरको सुरुवातदेखी नै उनले खासै आफु अभिनित चलचित्रबाट सफलता चुम्न सकेकी छैनन् तर उनी लगातार एकपछि अर्को गर्दै विभिन्न चलचित्रको काममा भने व्यस्त भइरहेकी हुन्छिन् । उनको दैनिकी व्यस्तता हेर्दा यस्तो लाग्छ उनी अलि बढी नै पैसाको पछाडी दौडिरहेकी छिन् । हामीले यो यस कारण पनि भनेका हौ कि उनका केही महिनायता दैनिक जसो म्यूजिक भिडियो सार्वजनिक भइरहेका हुन्छन् । आधुनिक गीतमा त झन अहिले केकी नै केकी मात्र छाउने गर्छिन । गायक, शब्द र संगीत भन्दा पनि पैसाका कारण उनी केही महिनादेखी आबश्यक भन्दा बढी नै म्यूजिक भिडियोमा देखिरहेकी छिन् ।
हुनत, यो अनौठो होइन किनकी उनी म्यूजिक भिडियोबाटै नेपाली चलचित्रमा भित्रिएकी हुन् तर चलचित्रकी नायिका भएपछि उनले म्यूजिक भिडियो तर्फ कम सक्रियता देखाउँदा आफ्नो क्रेज जोगाउन भने सजिलो हुन्छ । सस्तो लोकप्रियताको पछाडी दौडिदा भोलीका दिनमा आफ्नो क्रेज सखाप हुन पनि समय लाग्दैन । तर, केकीको केही बर्षयताको दैनिकी हेर्ने हो भने चलचित्रलाई भन्दा म्यूजिक भिडियोमा उनको सक्रियता बढी नै छ । घरको आर्थिक पाटोमा समेत आफुले सहयोग गर्नु पर्ने भएका कारण केकी एकै दिन त होनी भिडियोमा भन्दै सस्तो लोकप्रियता प्राप्तिको दिशामा दौडिरहेकी छिन् । जसले गर्दा पछिल्लो समय नेपाली निर्माताहरु पनि केकीलाई आफ्नो चलचित्रमा लिनका लागी नाक खुम्चाउने गरेका छन् । 
दैनिक जसो सार्वजनिक हुने केकीका म्यूजिक भिडियोले चलचित्रलाई समेत असर गर्ने भएका कारण निर्माताहरुले नाक खुम्चाउनु पनि स्वभाविक हो । तर, नायिका केकीले म्यूजिक भिडियोबाटै आफ्नो दैनिकी चलाइरहेकी छिन् । केकी मात्र होइन महानायकको उपाधि समेत पाएका नायक राजेश हमाल त लोकदोहोरी म्यूजिक भिडियो खेल्न पछि पर्दैनन् भने अरु कलाकारले म्यूजिक भिडियो खेलेर आफ्नो क्रेज चौपट बनाउँदैछन् भन्नु पनि गलत हो । तर यो चाहिँ पक्का हो म्यूजिक भिडियोले गर्दा एउटा कलाकारको फिल्मी करियरलाई भने ठूलै धक्का दिन्छ ।



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.