तेरिया मगर "झलक दिखला जा" को फाइनलमा : पहिले जस्तै सहयोग गर्न आग्रह

पुस ६, काठमाडौं, 
डीआइडी लिटिल मास्टर्स सेसन ३ की विजेता तेरिया फौजामगर भारतीय टेलिभिजन च्यानहरूबाट प्रसारण हुने डान्स रियालिटी शोहरुमध्ये सर्वाधिक राशीको झलक दिखलाजा सिजन ९ को फाइनलमा पुगेकी छिन् । तेरियाले फाइनलमा डीआइडी सिजन १ एवं झलक दिखला जा कै पूर्वविजेता सलमान युसुफ खान तथा वल्र्ड हिपहप च्याम्पियनसिपकी विजेता शान्तनु महेश्वरीसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नुपर्नेछ । उपाधिको नतिजाका लागि आगामी जनवरी १४ तारिखदेखि २१ तारिखसम्म एसएमएस र अनलाइन भोटिङ खुला गरिदैछ ।
कलर्स टेलिभिजनबाट प्रसारण हुने यो रियालिटी शोमा डान्स सेलिब्रेटीहरुबीच मात्र प्रतिष्पर्धा हुन्छ । तेरिया डिआईडी लिटिल मास्टर्स २०१४ की विजेता भएकाले झलक दिखलाजामा प्रवेश पाएकी हुन् । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनले सञ्चालन गर्ने यो प्रतियोगिता विजेताले नगद भारू ३० लाख तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्नेछन् । गत जुलाइमा प्रारम्भ भएको यो प्रतियोगितामा १२ जोडी (पुरुष र महिला) डान्स सेलिब्रेटी छनोट भएका थिए । तेरियासहित ५ जना जुनियर अक्टुबर ८ तारिखमा ‘च्यालेन्जर’का रूपमा प्रवेश गरेका थिए। प्रवेश गरेको दुई हप्तामै उनीहरू २२ अक्टुबरमा प्रतियोगिताबाट बाहिरिए । २६ नोभेम्बरमा तेरियासहित अन्य तीन जना जुनियरले ‘वाइल्ड कार्ड’ मार्फत प्रतियोगितामा पुन: प्रवेश पाए, जसमध्ये दुई जना पुन: ‘आउट’ भए । 
तेरियाले भने आफ्नो विलक्षण प्रतिभामार्फत निर्णायकको मन जित्दै सर्वाधिक अंकसहित उपाधिको दावेदारका रूपमा आफूलाई उभ्याइन्। सेमिफाइनलबाट फाइनलसम्म आइपुग्दा तेरियाले आफूभन्दा सिनियर र नृत्यमा अग्रणी मुम्बईका दुई हस्तीलाई उनीहरूकै भूमिमा पछि पार्दै आफूलाई पहिलो नम्बरमा राख्न सफल भइन् ।निर्णायकहरूले तेरियाको अतुलनीय आत्मविश्वास र विलक्षण नृत्य कलाको मुक्तकण्ठले प्रशंसा गर्दै आएका छन् । यो प्रतियोगिताका निर्णायकमा करण जोहर, फराह खान, ज्याकलिन फर्नान्डिज तथा गणेश हेज छन्। त्यतिमात्र होइन, उपाधिका दाबेदार सलमान युसुफ खानले आफ्नो प्रतिस्पर्धी तेरिया मात्र रहेको र आफूलाई उनकै मात्र डर लाग्ने प्रतिक्रिया दिने गरेका छन् । 
‘म आफ्नो खुबीले सकेजति ‘पर्फम’ गर्छु तर जित्नका लागि दर्शकको भोट पनि चाहिन्छ, त्यसैले डीआईडीमा जस्तै धेरै भन्दा धेरै भोट दिएर सपोर्ट गर्न सबैसँग रिक्वेस्ट गर्छु,’ तेरियाले भोटका लागि देश–विदेशमा रहेका नेपालीसँग अनुरोध गर्दै भनिन्– ‘मैले जित्नु भनेको नेपालले जित्नु हो, सबै नेपालीले जित्नु हो, सो प्लिज भोट मी ।’ कलर्स टेलिभिजनमा हरेक शनिबार राति सवा १० बजेपछि ‘झलक दिखला जा’ प्रसारण हुन्छ । आफूलाई मन परेका प्रतियोगीलाई भारतमा मोबाइलमार्फत र विदेशबाट अनलाइनमार्फत भोटिङ गर्न सकिन्छ । तेरियाले बुटवलको बागेश्वरी संगीतालयमा नृत्य सिक्ने क्रममा डीआईडी लिटिल मास्टरमा भाग लिएर ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी थिइन् । १४ वर्षीया तेरिया हाल मुम्बईमै रहेर कक्षा ८ मा अध्ययनरत छिन् ।
                                                                                                                             समाचार : सेतोपाटी



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.