सुनसरीको दुहवीमा भिषण आगोलागी (भिडियो सहित)

२१मंसिर इटहरी न्युजडेस्क-
सुनसरीको दुहबी–भलुवास्थित फर्म उद्योगमा साँझदेखी भिषण आगलागी भईरहेकोे छ। दुहबी–भलुवा–४ स्थित कदमगाछीमा रहेको मनिस अग्रवालको हनुमान्त पोलिट्यांक नाम गरेको फर्म उद्योगमा आगलागी भईरहेको हो । 
आगलागी नियन्त्रण गर्न पूर्वका बिभिन्न सहरहरुमा भएका दमकल प्रयासरत छन। आगलागीमा ३ जना कामदार समेत घाइते भएका छन । घाइते हुनेहरुमा अमृत श्रेष्ठ, दिलिप चौधरी र राजु यादव छन। उनिहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
साँझ ६ बजेदेखी शुरु भएको आगलागी इटहरी, धरान, इनरुवा र बिराटनगरबाट आएका दमकलले नियन्त्रणको प्रयास गरिरहेका छन। आगलागीमा उद्योग भित्र रहेका २दर्जन बढी ग्यास सिलिण्डर समेत बिस्फोट भएकाले नियन्त्रणमा लिन समस्या भईरहेको प्रहरीले जनाएको छ ।
आगलागीका कारण उद्योग भित्र रहेका केही सवारी साधन समेत जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिव पोखरेलले जानकारी दिनुभयो । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागी दकमलसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।   
                                                                                                                             समाचार : पुर्वि खबर
भिडियो :



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.