स्काइपमा चाहेको भाषामा अनुवाद कुराकानी गर्नुस्

इन्टरनेटको दुनियामा स्काइपलाई भिडियो कलिङको बादशाह मानिन्छ । निजीदेखि व्यवसायिक कुराकानीका लागि पनि यो एपको निकै प्रयोग हुन गरेको छ ।
तर, पछिल्लो २-३ वर्षमा हृवाट्स एपले बजारमा जबरजस्त रुपमा स्थान बनाएको छ ।
अब जुन नयाँ फिचर्सका साथ स्काइप आएको छ, यसले फेरि नयाँ उचाईमा पुर्‍याएको छ ।
डिजिटल ट्रेड्सका अनुसार, स्काइप अब अपडेटेड भएको छ । यसको माध्यमबाट यस्तो भिडियो कल गर्न सक्नुहुन्छ, जसमा अनुवादको सुविधा पनि छ । यो सुविधा मोबाइल र ल्याण्डलाइन दुबै कलिङको क्रममा पाइनेछ ।
स्काइपले करिव २ वर्षदेखि यो प्रयास थालेको थियो, जुन अहिले आएर सफल भएको छ ।
नयाँ फिचरको मद्दतले अब स्काइप ट्रान्सलेटरले तपाईको हरेक कुरालाई रेकर्ड गर्छ र फेरि तपाईले रोजेको भाषामा अनुवाद गरेर भन्छ । यद्यपि यो प्रक्रियाका लागि केही समय लाग्छ । तर, पनि राम्रो कुराकानी सम्भव छ । अहिले सुरुमा यो सुविधा ९ भाषामा उपलब्ध छ ।
जसमा अग्रेजी, स्पेनिस, फ्रेन्च, जर्मन, चाइनिज, इटालियन, पोर्चुगाली, अरबी र रसियन छन् ।
कसरी चलाउने ट्रान्सलेटर ?
यदि तपाईलाई स्काइप अनुवादको सुविधा चाहिएमा सबैभन्दा पहिले विन्डोज इन्साइडर प्रोग्राममा गएर रजिस्टर गर्नुपर्छ । यसका लागि स्काइप पि्रभ्यूको नयाँ भर्सन अपडेट गर्नुपर्छ । नयाँ स्काइप एपमा ट्रान्सलेटको विकल्प डाइल प्याडमा नै हुनेछ । यसमा क्लिक गरेपछि भाषा छनौट गर्न सकिन्छ ।
त्यसपछि कल गर्नुस् । स्काइपले भनेको छ कि यसको जति धेरै प्रयोग हुन्छ, सुधारका लागि त्यति नै बढी मौका मिल्छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.