धुमधाम मनाईंदै क्रिसमस पर्व

पुस १० । आज(आइतबार) इसाई धर्मावलम्वीहरुको चाड मेरी क्रिसमस । नेपालमा पनि इसाई धर्मावलम्वीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाउँदैछन् ।


देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम गरिंदैछन् । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो ।
कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
पछिल्ला दिनमा नेपालमा पनि यो धर्म अँगाल्नेहरु बढेका छन् । अहिले नेपालमा आठ हजार पाँच सय गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको दावी गरिन्छ ।
यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदै आएको छ । आजपनि सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ ।
यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले देश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना सन्देश दिँदै ख्रीष्टियन समुदायबाट संविधान कार्यान्वयन र समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा गरेका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.