हातको औंलाहरु हेरेर आँफु कस्तो छु भनेर थाहापाई राख्नुहोस

तपाईको औँलाको लम्वाइले तपाईको व्यक्तित्व झलकाउँछ ।
सायद थाहा थिएन होला कि तपाईको औँलाको लम्वाइले तपाईको व्यक्तित्व झल्काउँछ ? चोर औँला र औँठी लाउने आँँलाको लम्वाई तुलना गर्नुहोस् र आफ्नो स्वभाव मेल खान्छ कि खाँदैन हेर्नुहोस् ।
उल्लेखित औँलाको आकृतिमा तीन प्रकारका औँलाहरुको लम्वाईका बारेमा जानकारी गराइएको छ । अव आफ्नो औलाको परिक्षण गर्नुहोस् र अर्थ तथा स्वभाव पत्ता लगाउँनुहोस् ।
A. चोर औला भन्दा औँठी लाउने औँला ठूलो भएका मानिसहरु हेर्दा अति सुन्दर देखिने हुन्छन् । यस्ता मानिसहरुको सुन्दरता प्रति जोकोही पनि आकर्शित हुने गर्छन् । त्यस्ता मानिसहरु आक्रमक स्वभावका हुने गर्छन् र यिनीहरु रिस्क मोल्न पनि पछि पर्दैनन् । यस्ता मानिसहरु सेना, सिपाही, इन्जिनियर, चेस खेलाडी र क्रसवर्ड समस्या समाधानगर्न पनि सिपालु हुन्छन् । बैज्ञानिकहरका अनुसार, औँठी लगाउने औँला ठूलो हुने मानिसहरुको आर्थिक आर्जन औँठी लगाउने औँला स्यानो हुनेहरुको भन्दा बढी हुन्छ ।
B. चोर औँला भन्दा औँठी लाउने औँला सानो हुने मानिसहरुमा आत्मविश्वास बलियो हुन्छ र उनीहरु आफूमा केन्द्रीत हुन्छन र आक्रमक पनि हुन्छन् । उनीहरु एक्लै बस्न मन पराउँछन् र उनीहरुको फुर्सदको समयमा अरुले बाधा नपुर्याओस भन्ने चाहना हुन्छ । नातासंबन्ध कायम गरि राख्नुपर्छ भन्ने अवस्था आएको खण्डमा उनीहरु अगाडी बढी हाल्दैनन् । तर आफूलाई भने अरुले प्रसंसा, सम्मान र आदर गरोस भन्ने चाहना उनीहरुमा हुन्छ ।
C. चोर औँला र औठी लाउने औँला बराबर हुने मानिसहरु शान्त स्वभावका हुन्छन् र उनीहरुलाई शान्त वातावरण मनपर्छ । झैझगडा तथा बिबाद सामना गर्नुपर्यो भने यस्ता मानिसहरु आफू असुरक्षित महशुस गर्छन् । यस्ता मानिसहरु पूर्ण संगठित हुन्छन् र अरहरुपनि त्यस्तै होस भन्ने चाहना राख्दछन् । यस्ता मानिसहरु आफ्ना श्रीमान वा श्रीमति प्रति बफादार तथा विश्वासिला हुन्छन् र संबन्ध कायम राख्न कटिबद्ध हुन्छन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.