एक डलरमा सामसुङको स्मार्टफोन

स्मार्टफोन उपभोक्तालाई आइफोनबाट एन्ड्रोइड तर्फ तान्नका लागि सामसुङले एउटा नयाँ खेल सुरु गर्दैछ । त्यो हो, एक डलरको स्मार्टफोन ।
सामसुङले आफ्ना नयाँ स्मार्टफोनहरु ग्यालेक्सी एस सिक्स, ग्यालेक्सी एस सिक्स एज, एस सिक्स एज प्लस तथा नोट फाइभ एक महिनाका लागि चलाउन दिनेछ ।
उपभोक्ताले उल्लेखित स्मार्टफोन मध्ये आफुले चाहेको एउटा स्मार्टफोन केवल १ डलरमा एक महिनाको सेलुलर सर्भिस सहित प्राप्त गर्न सक्नेछन् ।
तर यो अफरमा सहभागी हुनका लागि एउटा सर्त छ । त्यो के भने तपाइँ आइफोन प्रयोगकर्ता हुनुपर्नेछ । सामसुङका बफादार प्रयोगकर्ताले यो अफरबाट लाभान्वित हुन पाउनेछैनन् ।
एक महिनासम्म चलाउँदा स्मार्टफोन मन पर्यो भने किन्न सक्नुहुन्छ तर मन परेन भने आइफोन प्रयोगकर्ताले सामसुङ स्मार्टफोन फिर्ता गर्न सक्नेछन् ।
एप्पलको आइफोन सिक्स तथा सिक्स प्लस बजारमा आएसँगै सामसुङको गत वर्षको स्मार्टफोन बजार ह्वात्तै घट्यो र बजार हिस्सा तिव्र रुपमा गुमाउनु पर्यो । आफ्ना उच्च मूल्यका स्मार्टफोनमा एप्पलसँग प्रतिस्पर्धा बेहोर्नुपरेको सामसुङले मध्यम तथा सस्तो मूल्यका प्रडक्टमा चिनिया स्मार्टफोन निर्माता साओमीसँग तिव्र प्रतिस्पर्धा बेहोर्यो ।
ठूलो स्त्रिmनका आइफोनसँग प्रतिस्पर्धाका लागि सामसुङले ५.७ इन्चको एस सिक्स एज प्लस तथा नोट फाइभ गत हप्ता सार्वजनिक गर्यो ।
स्मार्टफोन बजारमा प्रतिस्पर्धा बेहोर्नुपरेपनि तथा हिस्सा घटेपनि अहिलेपनि सामसुङ स्मार्टफोन बजारमा पहिलो नम्बरमै छ । यसले विश्वको स्मार्टफोन बजारको २२ प्रतिशत हिस्सा ओगटेको छ । दोश्रो स्थानमा रहेको एप्पलको हिस्सा १४.६ प्रतिशत रहेको छ ।
कसरी पाउने एक डलरमा स्मार्टफोन
आइफोन प्रयोगकर्ताले आफ्नो आइफोनको सफारी ब्राउजरमा गएर यो लिंकमा साइन अप गरे पुग्छ ।
यद्यपि यो अफर अहिले अमेरिकामा मात्र उपलब्ध छ र दर्ताकै क्रममा क्रेडिट कार्डमार्फत यो भुक्तानी गरिन्छ ।
यसरी एक डलरमा स्मार्टफोन लिएपछि यदि त्यो हराउनुभयो, बिगार्नुभयो वा समयमा फर्काउनु भएन, हराउनुभयो भने चाहीँ चर्को मूल्य तिर्नुपर्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.