छक्का पन्जा हिट हुदा हलहरुलाई चिट्ठा : हेर्नुस फिल्मको रेकर्ड सहित निर्माताको कमाई (भिडियो सहित)

कार्तिक २०, इटहरी,
यतिबेला नेपाली चलचित्र वृत्तमा ‘छक्का पञ्जा’को व्यापारलाई लिएर खुबै चर्चा छ । व्यापार होस् त ‘छक्का पन्जा’को भन्ने निर्माता सबैजसो छन् । ‘छक्का पन्जा’ चल्दा चलचित्र बनाएर राम्रै पैसा कमाइदो रहेछ भन्नेहरु पनि धेरै होलान् । तर, यो चलचित्र चल्दा निर्मातालाई भन्दा हलवालाहरुलाई चिठ्ठा परेको छ । विशेषगरि, काठमाण्डौका मल्टिप्लेक्सलाई त अहिले फलिफाप नै भएको छ । काठमाण्डौका क्यूएफएक्स, बीग लगायतका हलले कुनै ठूलो हिन्दी चलचित्र चलाएर नकमाउने रकम यो चलचित्रबाट कमाएका छन् । 
चलचित्रबाट यसका निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाको हातमा कति रकम आउँला त ? काठमाण्डौका चलचित्र वितरक गोपाल कायस्थका अनुसार ‘छक्का पन्जा’ चल्दा हलवालाहरुलाई मालामाल भएको छ । उनले काठमाण्डौको सिभिल मलमा मात्र चलचित्रको ग्रस कलेक्शन ३ करोड माथि भएको बताए । कुनै पनि चलचित्रले मल्टिप्लेक्समा पहिलो सातामा ५० प्रतिशत शेयर पाउँछ । दोश्रो सातामा प्रवेश गर्दा शेयर घटेर ४२ प्रतिशतमा र्झछ । तेश्रो सातामा ३७ प्रतिशत शेयर आउँछ । चौथो सातादेखि चलचित्र जती चलेपनि निर्माताले पाउने भनेको ३० प्रतिशत मात्र हो ।’छक्का पन्जा’ अहिले आठौ हप्तामा प्रवेश गरेको छ । चौथो हप्तापछि मल्टिप्लेक्सबाट यसका निर्माताको गोजीमा ३० प्रतिशत रकम मात्र आइरहेको छ । 
त्यसमा पनि राजस्व तिर्नुपर्दछ । बाँकी रकममा वितरकले लिएको प्रतिशत पनि काटिन्छ ।पहिलो हप्ता चलचित्रले बम्पर व्यापार गर्दा निर्मातालाई राम्रै कमाई हुन्छ । त्यसपछि, निर्माता भन्दा हलवालाहरु मोटाउँछन् । काठमाण्डौ बाहिर यो चलचित्रलाई एफडी कम्पनीले ४५ लाख एमजी दिएको हो । जुन शेयर नारायणगढबाट नै उठेको वुझिएको छ । चितवनको नारायणगढबाट मात्र ६० लाख शेयर आउने देखिएको छ । एमजी दिएको रकम उठेपछि वितरण कम्पनी र निर्मातालाई ५०-५० प्रतिशत शेयर बाँडफाँड गर्छन् । 
वितरक गोपाल कायस्थ भन्छन्-‘यदि ‘छक्का पन्जा’ले २० करोडको ग्रस कलेक्शन गर्‍यो भने निर्माताले पाउने भनेको ६ करोडको हारहारी हो ।’उनले काठमाण्डौ भित्र मात्र १२ करोड ग्रस कलेक्शन गरेको दाबी गरेका छन् । नेपाली चलचित्रका निर्माताले १ करोड ग्रस कलेक्शन नगर्दै लगानी उठेको कुरा गर्छन् । तर, १ करोड व्यापार गर्दा चलचित्रका निर्माताले २३ देखि ३० लाख मात्र पाउँछन् । तर, नेपाली चलचित्रको इतिहासमा यो चलचित्रको व्यापार उच्च हो । नेपाल सुहाउँदो लगानीमा स्तरिय चलचित्र बनाएको खण्डमा राम्रै रकम कमाई हुन्छ भन्ने ‘छक्का पन्जा’ले देखाएको छ । ओभरसिजको विक्री, युटुब, भीसीडी राइट्समाथि पनि पूर्ण अधिकार निर्माताकै छ । जसले गर्दा पनि दीपक-दीपा र उनको निर्माण टिमले यो चलचित्रबाट राम्रै रकम कमाउने देखिन्छ ।
                                                                                                         समाचार : अनलाईन खबर बाट 
हेर्नुस भिडियो : 




via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.