किंग बनेका नायक निखिल उप्रेतीले खाए कुटाई : "किंग" ट्रेलर रिलिज (भिडियो सहित)

मंसिर ३, इटहरी,
एक्शन स्टार निखिल उप्रेती स्टारर फिल्म 'किङ'को अफिसियल टिजर रिलिज भएको छ । माघे संक्रान्तिको छेकोमा आउँदो पौष २९ गतेलाई फाईनल रिलिज मिति तय गर्दै निर्माण टिमले फिल्मको 'टिजर' सार्वजनिक गरेको हो । युट्युवमा सार्वजनिक १ मिनेट बढि लामो टिजरमा मुख्यतः एक्शनलाई प्राथमिकता दिईएको छ भने टिजरले प्रेमभाव पनि व्यक्त गर्छ । टिजरमा लिड कलाकार निखिलसँगै अभिनेत्री वेनिशा हमाल र अभिनेता अनुपबिक्रम शाही फिचरिङमा छन् । 
टिजर हेर्दा नै फिल्मको सिनेमाटोग्राफी, सम्पादनमा आशा गर्ने ठाउँ छ भने 'रीच मेकिङ'को अनुमान लगाउन सकिन्छ । सबिर श्रेष्ठ फिल्मका निर्देशक हुन् । जगन श्रेष्ठको प्रस्तुतीमा तयार फिल्मका निर्माता जयन श्रेष्ठ हुन् । फिल्मका उल्लेखित कलाकारसँगै रुपा राना, प्रज्वल सुजल गिरी र प्रस्तुतकर्ता समेत रहेका जगन श्रेष्ठ लिड अभिनयमा छन् । 
लामो समयको पर्खाईपछि पर्दामा आउँदै गरेका निखिलको यो फिल्म दर्शकमाझ प्रतिच्छित बनिसकेको छ । गत बर्ष रिलिज 'लुटेरा'पछि निखिल पहिलो पटक 'किङ' मार्फत पर्दामा आउँदैछन् । काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ । फिल्मका नृत्य निर्देशन रामजी लामिछाने हुन् भने सिनेमाटोग्राफी सञ्जय लामाको छ ।
                                                                                                        समाचार : फिल्मीखबर बाट 
हेर्नुस ट्रेलर :




via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.